हंसपुरमा जिप दुर्घटना गराउने चालकलाई थुनामा राखी अनुसन्धान गर्न ७ दिनको म्याद थप

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला हंसपुरको रतनमारे नजिकै आइतबार जिप  दुर्घटना गराउने चालक यम बहादुर श्रीसलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थपी अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।
जिपका चालक गुल्मी हाडहाडे गाबिस वडा नं ४ निन्युखर्कका ४१ बर्सिय यम बहादुर श्रीस निजलाई जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला अदालत अर्घाखाँचीबाट सोमबार ७ दिनको म्याद थपी अनुसन्धानको लागि हिरासतमा राखिएको हो ।
श्रिसलाई अनुसन्धानका लागि अाज थुनामा राखिएको छ । उनलाई सवारी ज्यान अन्तर्गत मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी  नायब उपरीक्षक नबरत्न पौडेलले जानकारी दिनु भयो ।
गाडी दुर्घटना हुनुको मुख्य कारण ब्रेक फेल हुनु र चालकको लापरबाही भएको प्रहरीले निश्कर्ष निकालदै गाडी चालकलाई सातदिन म्याद थपि अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनु भयो ।
हिजो भाद्र १२ गते हंसपुरमा ग १ ज ४८७८ नं को जिप दुर्घटनामा १२ जनाले ज्यान गुमाए भने ६ जना घाईते भएका थिए । दुर्घटनामा परि मृत्यु हुनेमा गाडी धनि नारायण  बहादुर राना समेत रहेका छन् ।
गाडी दुर्घट्ना भएको स्थान उकालो चढदै गर्दा ब्रेक फेल भएर जिप दुर्घटना भएको बताइएको छ ।  जीप चालक श्रीस दुर्घटना हुन लाग्दा गाडीबाट हाम फालेर भागेका थिए ।
उता  दुर्घटनामा परि घटनास्थलमा मृत्युु भएका ९ जना तथा उपचारको क्रममा मृत्यु भएका ३ जना गरि १२ जनाको शब अाज अाफन्तलाई बुझाएको छ ।
जिल्ला अस्पताल सन्धिखर्कमा पोष्ट्मार्टमपछि अाज अस्पतालबाट शब अाफन्तलाई बुझाईएको हो ।  मृत्युु भएका सबैको अाज अन्त्येष्टि समेत गरिएको छ ।
गाडी मालिक नारायण राना लगायतका केहि ब्यक्तिहरुको गच्छेघाटमा अाज अन्त्येष्टि गरिएको छ।
दुर्घटना भएको स्थान हंसपुर ।
मृतकको विवरण यस प्रकार छ:
१- नारायण  बहादुर राना ( गाडी धनी ) , किमडाँडा, अर्घाखाँची
२ – देव बहादुर थापा हंसपुर- १ वर्ष ३६ , अर्घाखाँची
३- मीनबहादुर केसी , ( रामु ) हंसपुर- ४ , अर्घाखाँची
४ – राम बहादुर घर्ती मगर हंसपुर – ५ , अर्घाखाँची
५- हुम बहादुर घम हंसपुर- ५ , अर्घाखाँची
६- कमला पौडेल वर्ष ३६, धारापानी – ६, अर्घाखाँची
७- बुद्धि राम परियार वर्ष ५५,  भनभने १ , गुल्मी
८- भेष बहादुर थापा, वर्ष ५५   पुर्कोदह ८- गुल्मी
९- शिव बहादुर कुवर,  पुर्कोटदह, गुल्मी
१०- सोभा सिंह रोक्का,  बाङगेमरोठ, प्युठान
११ – सिता नेपाली, सन्धिखर्क नगरपालिका – २, अर्घाखाँची
१२- सुरज खनाल, खन ७ , अर्घाखाँची
बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु:
१- जिबलाल पोख्रेल, बाँदिकोट प्यूठान
२ – अर्जुन खनाल, सन्धिखर्क नगरपालीका-१ अर्घाखाँची
३-  यमलाल कुँवर, पुर्कोटदह-४ गुल्मी
अर्घाखाँचीमा उपचार हुँदै गरेका घाइतेहरु:
मुना पौडेल धारापानी-६, अर्घाखाँची
कविता पौडेल धारापानी-६, अर्घाखाँची
जिल्ला अस्पताल सन्धिखर्कमा ।