गाडी कन्डिसन र चालकको लापरवाहीले यसरी भयो हंसपुर दुर्घटना


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । गाडी मा ५/६ जना जति मान्छे बढी नै थिए । बीच बिचमा गाडीले समस्या देखाइरहेको थियो । हिड्दाहिड्दै रोकिन्थ्यो । दुर्घटना हुने स्थानमा बाटो अलिअलि उकालो छ ,गाडी अगाडी बढ्न गाह्रो जस्तो भयो । चालकले गाडी सन्तुलन राख्न हयाण्डल घुमाइरहेका थिए । ह्यान्डल घुमेन जब गाडी पछाडी धकेलियो त्यसपछि चालकले जोडसँग हयाण्डल घुमाए ।
‘सायद यहि संकेत थियो होला गाडि अब दुर्घटना हुदैछ भन्ने । त्यसपछि चालकले झ्याप्पै ढोका खोले र बाहिर हाम फाले । मलाइ नि लाग्यो अब गाडि दुर्घटना हुदैँछ भन्ने अनि हिम्मत गरेर चालक ढोकाबाटै हाम फाले’ १३ बर्षीय कबिता पौडेलले अस्पतालको बेडबाट भनिन । त्यतिखेर हामी सडकमा ३ जना थियौ एकछिनमा म बाटो मुनि हेरे गाडी थिएन ।
कति छिट्टै तल पुगेछ केहि छिनमा बहिनी मुना र अरु २/३ जना तलबाट माथी बाटोमा आए । तर ममी बहिनीसंग आउनुभएन मैले सोचे पछाडी आउदै हुनुहुन्छ होला । तर मम्मी आउनु भएन । उनी हुन मृतक ३६ बर्षीय कमला पौडेलकी जेठी छोरी । आमालाई गुमाएर दुई बहिनी बाचेका छन् ।
उनीहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि घरमा पठाइएको छ । जेठी कबितालाई आमा हुनु हुन्न भन्ने थाहा छ तर कान्छी ११ बषीय मुनालाई भने उपचारको लागि भैरहबा पठाइएको छ भनेका छौ उनका आफन्तले भने ।
उनको भनाईबाट पनि प्रस्ट हुन्छ हंसपुरमा भएको दुर्घटनामा चालकको लापरबाही र गाडीको कन्डिसन ठिक नहुनु । यहि कारणले अर्घाखाँचीको सन्धिखर्कदेखि प्युठानको बादीकोट जादै गरेको जीप हसंपुरमा आइतबार दिउसो दुर्घटना हुदा १२ जनाको मृत्यु भएको हो । भने ५ जना घाइते भएका छन् ।
देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीले सन्धिखर्कबाट जिल्लाका सबै गाविस, गुल्मी, प्यूठान, पाल्पा, कपिलबस्तु, बुटबल, दाङ र काठमाडौ‌ सार्बजनिक सवारीसाधन सञ्चालन गर्दै आएको छ । समितिका महिन्द्रा जीप १५ बर्ष पुराना भएको कारणले दुर्घटना भएको भन्दै मृतकका आफन्तले गाडीको कन्डिसन जाच गर्नु पर्ने र पुराना गाडी हटाउन पनि प्रहरी नायब उपरिक्षक नबरत्न पौडेलसँग माग गरेका छन् ।
उकालोमा हिड्दा हिड्दै गाडीले तानेन । गाडी ब्याक हुन खोज्यो चालकले स्टेरिङ घुमाए । स्टेरिङ घुम्न सकेन । चालकले ब्रेक दाबे ब्रेक लागेन अनि गाडी सडकमै झण्डै ५० मिटर गाडी पछाडी ब्याक भएको छ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने घटना स्थलको प्रकृति हेर्दा पुरानो गाडी कन्डिसनमा नहुनु र चालकको लापरबाहीका कारणले जीप दुर्घटना भएको बताएका छन् ।
उकालो बाटोमा जीपले नतान्नु, स्टेरिङ नघुम्नु र ब्रेक नलाग्ने एकै पटक हुँदा चालकको होस गुमेको हुन सक्ने प्रजिअ पौडेलले भने । चालकले थोरै बुद्धिमता पुर्बक काम गरेको भए यात्रुको ज्यान बचाउन सक्थे उनी आफै भागेका कारण र चालकको हतोत्साहीपनलेनै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नबरत्न पौडेलले भने । गाडीको इन्जीनमा आएको गडबडी र चालकको होस गुम्नुनै दुर्घटनाको कारण हो । उनले भने ।
जिल्ला अस्पताल सन्धिखर्कमा ।
१४ जनाको सिट पास भएको गाडीमा १२ जनाको मृत्यु भएको छ । ३ जनाको बुटबलमा उपचार भैरहेको छ । २ जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । ३ जना छतका मानिस हाम फालेर बचेका थिए । सबै गरेर गाडीमा २० जना थिए ।
प्रहरीले गाडि चालक गुल्मीका उत्तम श्रीस बिरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा आज सोमबार सवारी ज्यान सम्बन्धी मुद्धा दर्ता गराएको प्रहरी नायब उपरिक्षक पौडेलले बताए । चालक प्रहरीको नियन्त्रणमा छन ।
सदमुकाम सन्धिखर्कदेखि प्यूठानको बादीकोटका लागि दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर गाबिसको रतनमारे नजिक पोषपाटामा दुर्घटना हुदा ९ जनाको घटनास्थलमै र २ जनाको उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा र १ जनाको बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । पोष्टमार्टम पछि सबै शब आफन्तलाई अन्तिम सस्कारको लागि बुझाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताए । ३ घाइतेको बुटबलमा उपचार भैरहेको छ ।