अर्घाखाँचीमा प्रहरीद्वारा सिट क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी तथा चालकलाई कारबाही सुरु

सुर्य प्रसाद भुसाल  
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  जिल्ला  प्रहरी कार्यालय अर्घाखाँचीले सिट क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी चालक तथा सवारी साधनलाई कारबाही सुरु गरेको छ ।
 देशका बिभिन्न ठाउँहरुमा  सवारी दुर्घटना अत्यान्तै बढन थालेपछि गृह मन्त्रालयको निर्देशन बमोजिम सिट क्षयमता भन्दा बढि सवारी  बोक्ने सवारी  चालक तथा सवारीहरुलाई कार्बाहि शुरु गरिएको जिल्ला  प्रहरी  कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले जानकारी दिनु भयो प्रहरीले अहिले सवारी साधन चेकजाँचलाई तिब्र पारेको समेत प्रहरि नायब उपरीक्षक पौडेलको दाबी छ । 
 प्रहरीले जिल्लाका बिभिन्न बिकट ठाउँहरुमा  प्रहरी पठाएर सवारी साधन चेकजाच सुरु गरेको हो  अर्घाखाँची जिल्लाको हंसपुरमा जिप दुर्घटना हुँदा १२ जनाको ज्यान गएपछि चालकको समेत लापरबाही देखिएको भन्दै हंसपुर दुर्घटनाका चालकलाई थप अनुसन्धान गर्न सोमबार मात्रै सात दिनको म्याद थपि अनुसन्धान सुरु गरे लगत्तै चेकजाँचलाई दुर्त गतिमा अगाडि बढाएको हो ।
जिल्लाका सबै ठाउँमा  प्रहरी  पठाएर सिट क्षमता भन्दा बढि यात्रु साधन बोक्ने सबारि चालक र सवारी धनीलाई समेत हदैसम्मको कारबाही गर्ने गरि काम अगाडि बढाएको  प्रहरीको दाबी  छ । अहिले पनि  प्रहरीले केही सवारी साधनलाई नियन्त्रणमा लिएको बताएको छ ।
तस्बिर: अशोक खनालबाट