द्वन्द्व कालमा बिस्ताबित भएको ठाडा स्थित बाणिज्य बैक शाखा पुन: सुचारु, दक्षिण खाचीबासी हर्सित

ठाडामा । फाइल

सुर्य प्रसाद भुसाल 
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको दक्षिण खाचि अन्तरगत पर्ने ठाडा गाबिसमा द्वन्द्व कालमा बिस्तापित भएको राष्ट्रिय बाणिज्य बैकको शाखा ठाडा दह नजिक पुन: स्थापित भएको छ । 
२०४२ सालमा स्थापना भई द्वन्द्वका बेला बिस्थापित भएको सो बाणिज्य बैक शाखा कार्यालय ठाडाले सोमबारबाट सेबा सुचारु गरेको बैकका म्यानेजर सम्भु प्रसाद पान्डेले जानकारी दिनु भयो  ।  
अर्घाखाँची जिल्लाको सबैभन्दा ठुलो भुगोल समेटेको दक्षिण खाचिको सदरमुकाम मानिने सो बैंकको शाखाबाट सिमलपानी, जलुके, जुकेना, सिद्दारा, सितापुर, सुवर्णखाल  र ठाडाका गरि सात गाबिसका जनताले प्रत्क्षय लाभ लिन सक्ने भएकोले अाफुहरु बैंक सुचारू भएपछि अत्यान्तै हर्सित भएको ठाडाका स्थानीय बासिन्दा समाजसेवी नारायण सिह बेल्बासेको भनाई छ ।  
ठाडा गाबिस लगायतका सात गाबिसलाई समेटेर संघिय संरचनामा समेत सर्वदलिय निर्यण गरि सो ठाडा सदरमुकाम रहने गरि अहिले डम्मरु दह नगरपालिका बनाउन स्थानीय बिकास मन्त्रालयमा प्रस्ताव समेत जिल्लाबाट गएको छ ।  
जनताहरुको चाहाना र स्थानीय बासिन्दाहरुको माग बमोजिम अहिले ठाडामा शाखा सुचारु गरिएको बैकका प्रबन्धक सम्भु प्रसाद पान्डेले दाबी गर्नु भयो  । 
बैक सुरु भएको खबर पाएपछि सरकारी कामको समेत कारबार हुने भएपछि दक्षिण खाचीबासी हर्सित भएको स्थानिय  मोति बहादुर बेल्बासेले बताउनु भयो ।