सन्धिखर्कको गच्छेखोला माथि डराटीमा चितुवाको अाक्रमणबाट ८ बर्षिय बालिकाको मृत्‍यु, स्थानियबासी आक्रोसित (भिडियो -तस्बिर सहित )

स्थानियबासी आक्रोसित 

सुर्य भुसाल अर्घाखाँचीडट्कम

गच्छेखोला, सन्धिखर्क ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ गच्छेखोला माथि डडाटी (मर्काखोला माथि ) भन्ने ठाउँमा चितुवाको अाक्रमणबाट एक ८ बर्षिय बालिकाको ज्यान गएको छ ।
स्थानीय नारायण मुखियाकी अाठ बर्षिय छोरी अस्मिता मुखियाको मंगलबार साँझ ७ बजे घरको आगनमा पढन बसेको बेला चितुवाको अाक्रमणमा परि मृत्युु भएको हो ।  चितुवाले घर देखि तल रगत चुसेर फलेको अवस्थामा स्थानियबासीले शब फेला परेका छन् । अस्मिताले प्रगतिनगर स्थित श्री जन जीवन विधालय भालुखोलामा कक्षा २ मा पढ्थिन ।
उता दिन प्रतिदिन मान्छे खादा पनि प्रशासनले कुनै ध्यान नदिएको भन्दै स्थानियबासी आक्रोसित भएका छन् । उनिहरुले बालिकाको शब नजलाउने र भोली बुधवार जिल्ला प्रशासन घेराउ गर्ने भएका छन् ।  यो क्षेत्रका स्थानियबासीहरु असुरक्षित महसुस र त्रास रहेका छन् । महिला, केटाकेटी दिउसोमा समेत बाहिर हिंड्न सकेका छैनन् । अहिले घटना स्थलमा प्रहरी पुगिसकेको  छ ।
यस अघी आईताबार खाचीकोट कुर दुवारमा चितुवाको आक्रमणमा परी बालिकाको मृत्यु भएको थियो । सन्धिखर्क नगरपालिका वडा नं ९ (साविकको खाचीकोट ६) कुर दुवारमा आईताबर साँझको समयमा घर बारीको डोराबाट सुर्य बहादुर बिक, आमा लक्ष्मी बिककी ५ वर्षिया  छोरी ललिता बिकलाई चितुवाले आक्रमण गरेको थियो ।
अर्घाखाँचीमा पछिल्लो समय चितुवाको बिगबिगी बढेको छ ।