चाडपर्व नजिकिदै गर्दा अर्घाखाँचीमा बजार अनुगमन तिब्र

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । चाड पर्ब नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुगमनलाई तिब्रता दिन शुरु गरेको छ ।
सदरमुकाम सन्धिखर्क स्थित चुत्रावेशी बजारमा ३१  भन्दा बढी पसल अनुगमन गरि विभिन्न अखाद्य पदार्थ जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी घिमिरेले जानकारी दिनु भयो  ।
यसैक्रममा अनुगमन टोली जिल्ला को ठाडा सितापुर नरपानि सुपा पालि अडगुडि खन खनदह बागि हंसपुर, सन्धिखर्क चुत्राबेसि बिहार फुदबाङ लगाएतका ठाउँमा अनुगमन गरि बिभिन्नअखाध्य सामनना तराजु ढक काटा पेयपदार्थ गुटका नियन्त्रणमा लिएको र अबेैध ब्यापा र गर्ने जोकोही लाई छुट नदिने साहायक प्र जि अ घिमिरेले बताउनु भयो  ।
बजार अनुगमन तिब्र हुन थालेपछि उपभोक्ता मार नपर्ने भएका छन  ।
दशै तिहा र जस्ता महत्त्वपूर्ण चाडबाडको बेला बजारमा सफाइ लाई ध्यान दिन तथा खाध्य पदार्थको बिक्री बितरण गर्दा मुल्य सुचिको अनधारमा अनिबार्य रुपमा बिल काटेर बिक्री गर्न निर्देशन दिएको साहायक प्रजिअ घिमिरेले बताउनु भयो   ।