अर्घाखाँचीमा मापसे गरि सवारी चलाउने चालक १३ दिन देखि प्रहरी हिरासतमा, प्रहरीद्वारा सार्बजनिक (तस्बिर सहित )

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ले मापसे गरि सवारी साधन चलाउने २ जना सवारी चालक र हंसपुर जिप दुर्घटना गराउने सवारी चालकलाई अाज सार्वजनिक गरेको छ  ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अाज पत्रकारहरुलाई बोलाएर १३ दिन अघि   मापसे गरि सवारी चलाउने  बस चालकहरु अम्बर बहादुर गुरुङ र राजकुमार नेपालि लाई मापसे गरि सबारि चलाएको बेला बाटोबाट प्रहरीले नियन्त्रणमा लिएको र नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले पत्रकारलाई जानकारी गराउनु भयो  ।
प्रहरीले दैनिक अाधा दर्जन सवारी साधनहरु नियन्त्रणमा लिने गरेको समेत प्रहरी नायब उपरीक्षक पौडेलले दावी गर्नु भयो । 
त्यस्तै हंसपुर जिप दुर्घटनाका सवारी चालब यमबहादुर श्रिसलाई समेत मुद्दा चलाएको प्रहरीले अाज उनलाई समेत गरि तिन जनालाई सार्वजनिक गरेको हो  ।
प्रहरीले ग्रामिण क्षेत्रमा समेत प्रहरी परिचालन गरि चेकजाच लाई तिब्र पारेको प्रहरी प्रमुख पौडेलले जानकारी दिनु भयो  ।
प्रहरीले रातो प्लेटभएका सवारी बोक्ने सबारि साधन समेत नियन्त्रणमा लिएको र नियम अनुसार कार्बाहि प्रक्रिया अगाडि बढाएको  प्रहरी प्रमुख पौडेलले बताउनु भयो  । 
नियन्त्रणमा लिएका सवारी साधन हरुलाई नियम अनुसार कारबाही गरिने प्रहरी प्रमुख पौडेलले बताउनु भयो ।
तस्बिर: प्रेम खड्का