अर्घाखाँचीमा चितुवा अातक बढदै स्थानिय बासिन्दा त्रसित ! चितुवा खोज्न गाउँले प्रहरी जंगलमा गए (तस्बिर सहित )

 सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अासपासका क्षेत्रमा चितुवा अातक अत्यान्तै बढेर गएको छ । 
                                                 चितुवा मार्न जिल्ला प्रसासन कार्यालय घेराउ गर्दै खाचिकोट लगायतका स्थानियबासीहरु । 
यसक्रममा चितुवालाई नियन्त्रणमा लिन प्रशासनले अनुमति दिएको छ । अनुमती सँगै  चितुवा खोज्न गाउँले प्रहरी स्थानिय जंगलमा गएका छन् । यस अघी चितुवा मार्न माग गर्दै खाचिकोट लगायतका स्थानिय बासिन्दा जिल्ला प्रशासन कार्यालय अाएका थिए ।  साथै डर र त्रासले गर्दा एवम चितुवा अातकले गर्दा खाचिकोटका  बिधालय बन्द छन् । 
मकै बारी हुँदै  दैनिक चितुवा देखिन थालेपछि गाउलेहरु अातङकित हुनथालेका हुन बिगतका बर्षमा पनि चितुवाले नगर पालिकाक्षेत्र मा अातक फैलाउदै अाएको थियो  ।
चितुवा मार्न जिल्ला प्रसासन कार्यालय घेराउ गर्दै खाचिकोट लगायतका स्थानियबासीहरु । 
चितुवा देखेपछि स्थानीय झन अातङकित भएका हुन स्थानियले अाज जिल्ला प्रसासन कार्यलयमा अाएर चितुवा मार्नका लागि अनुरोध गर्ने तैयारी गरेका थिए ।  गाउँहरुमा भन्दा पनि सदरमुकाम अासपासका क्षेत्रमा बढि चितुवा देखिने गरेको छ । 
चितुवाले यस अघि जिल्लाको किमडाडा नुवाकोट कुर लगायतका ठाउँमा ११ जनाको ज्यान लिई सकेको छ । 
फेरि चितुवाले तिनदिनको अन्तरालमा दुईजना भालुखोलामा बच्चाको ज्यान लिएपछि  सदरमुकाम बासी र गाउँलेहरु अातङकित भएका हुन ।
चितुवालाई नियन्त्रण मा लिनका लागि गाउँलेहरुले जोडदार माग गरेका छन।
अाज बिहान पनि भालुखोला अासपासका क्षेत्रमा बिहानै चितुवा देखिएको स्थानियले बताएका छन ।
अहिले बच्चा बच्चालाई स्कुल पठाउन समेत गारो परेको स्थानियले बताएका छन ।
उता सुरक्षा निकायले भने चितुवा नियन्त्रणमा कसरी लिने भन्ने बिषयमा योजना बनाउन लागेको प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले जानकारी दिनुभयो । अहिले पनि प्रहरीले चितुवाको खोजि गरिरहेको प्रहरीले बताएको छ ।