सन्धिखर्क अासपासका क्षेत्रमा चितुवाको खोजी कार्यलाई तिब्र

सुर्य प्र भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अासपासका क्षेत्रमा चितुवाले दैनिक आतंक मच्चाउने, बच्चा अाक्रमण गर्ने गर्न थालेपछि आतंककित बनेका स्थानिय बासिन्दा सँगै  नेपाल प्रहरीको टोलीले आईताबार र मंगलवार घटना घटाएको ठाउँ अासपासका जंगलमा चितुवाको खोजी कार्यलाई तिव्र बनाएको छ । 
दुई दिनको अन्तरालमा सन्धिखर्क नगरपालिकाको कुर -दुवार र गच्छेखोला माथि डडाटीमा २ बालिकाको चितुवा आक्रमणमा मृत्‍यु भएको थियो । घरमै बसेर पढिरहेको बेला ७ वर्षकी अस्मिता मुखियालाई चितुवाले आक्रमणबाट ज्यान गएको थियो । त्यस्तै गएको आइतबार सन्धिखर्क नगरपालिका-९ खाँचिकोटको कुरदुवारमा सूर्य बहादुर बिककी ५ वर्षकी छोरी ललिता बिकको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।
उक्त क्षेत्रमाजताततै मकैबारी रहेको र जंगल पनि ठुलो भएको कारण चितुवा खोज्न कठिनाई भएको प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले बताउनु भयो । 
चितुवाको खोजि कार्यलाई तिब्र पारिने समेत पौडेलले जानकारी गराउनु भयो ।  चितुवा मार्न प्रशासनले  अनुमति दिईसकेको छ । 
सो ठाउँमा उक्त चितुवा मार्नका लागि स्थानीय बासिन्दाहरुको ठुलो भिड जिल्ला प्रशासन कार्यालयमा डेलिकेसन गएपछि प्रमुख जिल्ला अधिकारीले सुरेन्द्र पौडेलले चितुवा नियन्त्रणमा लिउनका लागि प्रहरी परिचालन गरि चितुवा मार्न का लागि बुधबार अादेस पत्र दिनु भएको थियोे । 
उता  दिनभर चितुवाको खोजी गरेपनि भेटाउन असफल भएको स्थानीयले बताएका छन। 
अादेस पत्र बोकेका प्रहरी  र स्थानीय बासिन्दा ले दिन भर जंगलमा चितुवाको खोजी कार्य गरेका थिए । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट पछिल्लो तीन वर्षको समयमा ८ जनाको ज्यान गएको छ । चितुवाको आक्रमणबाट किमडाडामा ३, नुवाकोटमा २, र सन्धिखर्कमा ३  गरि आठ बालबालिकाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।