२३ औं जिल्ला सम्मेलनको तयारीमा जुट्यो अखिल छैठौ अर्घाखाँची

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क,अर्घाखाँची । राष्ट्रिय स्वाधीनता र शैक्षिक समानताका लागि हाम्रो आन्दोलन,संघियताको खारेजी र संबिधान कार्यान्वयनको पक्षमा २३ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका यही असौज १ र २ गते सन्धिखर्कमा सम्पन्न गर्न लागिरहेको तेइसौ जिल्ला सम्मेलनको तयारी र असौज १४ देखि १६ सम्म काठमाडौमा हुन लागिरहेको बिसौ राष्ट्रिय सम्मेलनको प्रचार-प्रसारमा जुटेको अखिल छैठौं अर्घाखाँचीले जिल्लामा विद्यार्थी जागरण अभियान लाई तीव्रता दिएको छ । जस अन्तर्गत बुधबार जिल्लाका विभिन्न विद्यालयहरुमा प्रशिषण तथा भेला संपन्न गरेको छ । 
शिद्द मा.वि. बागीमा अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र सचिवालय सदस्य बिष्णु के.सी.ले प्रशिक्षण दिनुभएको भेलाले रमेश कुवरको अध्यक्षतामा ६१ सदस्यीय अखिल छैठौं शिद्द मा .बि . मुल इकाई समितीको गठन गरेको छ । जसको उपाध्यक्षहरु मा सुदन आचार्य र सन्दीप कुवर चयन हुनुभएको छ । यसैगरी समितिको सचिवमा सिर्जना भुसाल,सह-सचिव मनिषा खड्का र कोषाध्यक्षमा कविता भुसाल चयन हुनुभएको छ । भेला सत्तिस कुवरको अध्यक्षता र रन्जित परियारको सन्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच सोही टोलीले शान्ति उच्च मा.वि.बागीमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । शान्ति उच्च मा.वि.मा टोमलाल भुसालको अध्यक्षतामा २९ सदस्यीय अखिल छैठौं मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्ष ,सचीव,सह-सचीव र कोषाध्यक्षमा क्रमश ऋषि पाण्डे,सिमा के.सी.,मनिषा के.सी. र सुरक्षा महत रहनुभएको छ । 
यस्तै टोलिले अशोक अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय सम्मेलन प्रचार-प्रसार समितिको गठन गरेको छ । समितिको उपाध्यक्ष लक्ष्मी आचार्य,सचीव सुदिप भुसाल,सह-सचिव पुस्पा आचार्य र कोषाध्यक्षमा सुदन भुसाल चयन हुनुभएको छ । टोलिले बिकास भुसालको अध्यक्षतामा २१ सदस्यीय कक्षा ९ को कक्षा समिति समेत गठन गरेको छ । जसको उपाध्यक्ष सचीव सह सचीव र कोषाध्यक्षमा क्रमश अनुस्का आचार्य ,संगीता भुसाल,बिशाल भुसाल र बिपना भुसाल छनोट हुनुभएको छ । 
त्यसैगरी अखिल छैठौंको अर्को टोलिले आज नेपाल राष्ट्रिय उच्च माबी पणेनामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कोषाध्यक्ष अनिल खनाल,हेमराज मुखिया र केशव खनालले सहजीकरण गर्नुभएको भेलाले नारायण पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा भद्र बहादुर सुनार,सचिवमा चुरा बहादुर भट्टराई,सह-सचिवमा राम प्रसाद श्रेष्ठ र कोषध्यक्षमा प्रकाश पोख्रेल रहेका छन् । सोही टोलीले सरस्वती मावी पणेनामा प्रशिक्षण तथा भेला संपन्न गरेको छ । भेलाले भाष्कर रावलको अध्यक्षतामा २५ सदस्यीय मुल ईकाइ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सिता पौडेल,सचिव अच्युत भट्टराई ,सह- सचिव मोहन गौतम र कोषध्यक्षमा लिलामणी गौतम रहेका छन् ।