अखिल छैठौं अर्घाखाँचीद्धारा विद्यार्थी जागरण अभियानमा तिव्रता

गोपाल प्रसाद भट्टराई
world newsसन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय स्वाधीनता र शैक्षिक समानताका लागि हाम्रो आन्दोलन,संघियताको खारेजी र संबिधान कार्यान्वयनको पक्षमा २३ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ यही असौज १ र २ गते सन्धिखर्कमा सम्पन्न हुन लागिरहेको तेइसौ जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले जिल्लामा विद्यार्थी जागरण अभियान लाई तीव्रता दिएको छ । जस अन्तर्गत विहिबार जिल्लाका विभिन्न विद्यालयहरुमा प्रशिषण तथा भेला संपन्न भएकोे छ । 
अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र सचिवालय सदस्य बिष्णु के.सी.ले आर्दश उच्च मावी खनदहमा प्रशिक्षण दिनुभएको भेलाले मिलन चौहानकोे अध्यक्षतामा १५१ सदस्यीय अखिल छैठौं आर्दश उच्च मावी मुल इकाई समितीको गठन गरेको छ । जसको उपाध्यक्षहरुमा हरि खनाल र निशा नेपाली चयन हुनुभएको छ । 
यसैगरी समितिको सचिवमा मनिषा खनाल ,सह-सचिव सरोज रिजाल  कोषाध्यक्षमा रविन खत्री र सह-कोषध्यक्षमा सविना खनाल चयन हुनुभएको छ । यसैबीच सोही टोलीले कालिका नेरा उच्च मावी खनमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । भेलाले शंकर सुनारको अध्यक्षतामा ३३ सदस्यीय  अखिल छैठौं मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सभ्यता सुवर्णकार र पदम विक चयन हनु भएको छ । सचीवमा अविनास खड्का ,सह-सचीवमा अजय विक र कोषध्यक्षमा  केशव विक रहनुभएको छ । 
यस्तै टोलिले किरण मावी खनमा सुदन खनालको अध्यक्षतामा ४३ सदस्यीय मुल ईकाई  कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा कुसुम सेजवाल र विष्णुमाया बुढाथोकी रहनु भएको छ । सचिवमा लाल बहादुर विक ,सह-सचिवमा मदन कुवंर र कोषध्यक्षमा सुदिप खनाल चयन हुनु भएको छ । 
त्यसैगरी अखिल छैठौंको अर्को टोलिले  हरिहर संस्कृत तथा साधारण उच्च मावी पोखराथोकमा भेला तथा प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य देवि प्रसाद भुसाल, अखिल छैठौका  जिल्ला कोषाध्यक्ष अनिल खनाल,हेमराज मुखिया र केशव खनालले सहजीकरण गर्नुभएको भेलाले लक्ष्मी घिमिरेको अध्यक्षतामा २१ सदस्यीय मुल ईकाई कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा विनोद जिसी,सचिवमा भोजराज पौडेल,सह