अर्घाखाँची जिल्ला अस्पतालमा पहिलो पटक प्रसुती सम्बन्धि सफल सल्यक्रिया सम्पन्न

जिल्ला अस्पताल सन्धिखर्कमा ।

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । गाँउमा सामान्यतया प्रसुती हुन नसकेपछि  जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भएकी एक महिलाको प्रसुती सम्बन्धि सफल सल्यक्रिया सम्पन्न भएको छ । 
अर्घाखाँची जिल्लाको ठुलापोखरा गा.बि.स.वडा नं-५ निबासी मन्जु पन्थी आफ्नो पहिलो प्रसुतीको निम्ती कुर्नुपर्नै मिति नाघेपछी अस्पताल भर्ना भएपछी हिजो मात्र प्रसुती सम्बन्धि सल्यक्रिया गरी करीब साढेतिन किलाको बच्चा निकालिएको हो । अमेरीकी सहयोगमा सन्चालीत संस्था निक्स साईमन्सको दक्ष जनशक्ति अर्घाखाँची जिल्ला अस्पतालमा प्रबेश गरेपछि यो पहिलो सल्यक्रिया गरीएको हो ।
निक्स साईमन्सको  तर्फबाट अर्घाखाँची जिल्ला अस्पतालमा हालै आउनुभएका एम.डि.जि.पी.डक्टर सुमन तामाङ्गको नेतृत्वमा  सल्यक्रिया सम्पन्न भएको हो उक्त सफल सल्यक्रियाले जिल्लाबासी सबैलाई उत्साहित तुल्याएको छ । अब कुनै बिरामी सामान्य अप्रेसनको निम्ती जिल्ला बाहिर धाउन नपर्नै समेत भएको छ ।
यसैबिच जिल्ला अस्पताल बिकास समिति अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले सफल सल्यक्रियामा संलग्न डक्टर  सुमन तामाङ्ग लगाएतका स्वास्थ्यकर्मी हरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत उच्च मनोबलका साथ यो ढंगका सल्यक्रियाहरुलाई निरन्तर रुपमा अगाडी बढाउन शुभकामना दिनु भएको छ । 
 अध्यक्ष चौहानले जिल्ला अस्पताल अर्घाखाँचीमा बिभिन्न खाले अप्रेसन सेबा सञ्चालन गरी अर्घाखाँचीबासी लाई सुबिधा दिने आफ्नो महत्वपूर्ण चाहना पुरा भएकोमा अत्यन्त खुसी ब्यक्त गर्नु भएको छ । साथै उहाँले सम्पूर्ण बिरामी सेबाग्राही महानुभावहरुलाई बाहिर निजी क्लीनिकहरुमा फजुल खर्च नगरी जिल्ला अस्पताल भित्रै रहेको दक्ष जनशक्तिबाट शुलभ ढंगले सेवा लिन र आफ्नो स्वास्थ्य परीक्षण गराउन समेत आग्रह एवम अपिल गर्नु भएको छ ।