जेष्ठ नागरिक समाज अर्घाखाँचीको कार्यक्रम सन्धिर्खकमा सम्पन्न

भुवन के.सी.
सन्धिर्खक, अर्घाखाँची । जेष्ठ नागरिक समाज अर्घाखाँचीको जेष्ठ नागरिक दिवा सेवा केन्द्र विषयक एक कार्यक्रम आज सन्धिर्खकमा सम्पन्न भएको छ । 
 सदरमुकाम सन्धिर्खक स्थित शान्ति बगैचा पन्चायन मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा जिल्लामा पहिलो पटक जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई औपचारिकरुपमा शुरुवात गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि स्थानिय महिला विकास निरिक्षक विमला लम्सालले दिवा सेवा केन्द्रकोे महत्व र औचित्य माथि प्रकाश पार्नुभएका थियो । 
करिव ७५ जना महिला पुरुष जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रम जेष्ठ नागरिक समाज नेपाल जिल्ला कार्य समिति अर्घाखाँचीका अध्यक्ष तथा केन्द्रिय समितिका सहसचिव बुद्धि बहादुर रायमाझीको अध्यक्षता, सचिव गिरि प्रसाद भुसालको स्वागत मन्तव्य र सहसचिव लिलामणि ढुन्गानाले सन्चालन गर्नुभएको थियो । सो कार्यक्रममा अतिथिको रुपमा समाजसेवी सागर केसी, सस्कृतिप्रेमी जर्नादन खनाल, पतञ्जली योग समितिका केन्द्रिय सदस्य शान्ता खत्री, जिल्ला अध्यक्ष केएल शर्मा, पण्डित खिमानन्द पोख्रेल, जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष निम बहादुर रिजाल र एकल महिला सन्जाल अध्यक्ष खगेश्वरा बस्यालको समेत उपस्थिति रहेको थियो ।
विद्धान पण्डित खिमानन्द पोख्रेलले बैदिक मगंलबाचन गरेर शुरु भएको कार्यक्रममा सस्कृति प्रेमी जर्नादन खनाल, संघ अध्यक्ष निम बहादुर रिजाल र एकल महिला संघकी अध्यक्ष खगेश्वरा बस्यालले मन्तव्य राख्नुभएको थियो । पतञ्जली योग समिति केन्द्रिय सदस्य शान्ता खत्रीले योगको महत्वकोबारे प्रकास पार्नुभएको थियो । अन्त्यमा कार्यक्रमका अध्यक्षले दिवा सेवा केन्द्रको उद्धेश्य विविध क्रियाकलापको माध्यमबाट जेष्ठ नागरिकहरुको बाकि जिवन बाच्न योग्य, रमणिय र रचनात्मक बनाउनु रहेको बताउँनुभयो दिवा सेवा केन्द्र सन्चालन गर्न नेपाल सरकारबाट आर्थिक अनुदान प्राप्त भएकोमा समग्र जेष्ठ नागरिकहरुको तर्फबाट सरकारलाई धन्यबाद दिदै सेवा केन्द्र स्थापनामा सक्रियरुपले संलग्न सम्पूर्ण महानुभावहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रम समापन पश्चात भजन किर्तन तथा तिज गित समेत गाइएको थियो । सहभागिहरुले कार्यक्रम अत्यन्तै उपयोगी तथा जेष्ठ नागरिकहरुको निम्ति हितकारी रहेको बताएका छन् ।