गिद्ध संरक्षणमा सबै सक्रिय हुनु पर्ने, अर्घाखाँचीमा पाँच प्रजाती

प्रेम आचार्य 
सन्धिखर्क, अर्घाखाँची १७ भदौ  । गिद्ध संरक्षणको लागि आठौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिबसको अबसरमा जिल्ला स्तरीय सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
 कार्यक्रममा पन्छी संरक्षण संघका फिल्ड अधिकृत  भुपाल नेपालीले लोपोन्मुख  गिद्धहरुको अबस्था र यसको संरक्षणका लागि स्थानीय सामुदायिक बन र उपभोक्ताले खेलेको भुमिकाको बारेमा जानकारी गराएका थिए । 
  कार्यक्रममा जिल्ला बन कार्यलयका सहायक बन अधिकृत शम्भु तामांग, पशु सेवा कार्यलयका गुरु प्रसाद भुसाल, बिष्णु पौडेल, बन महासंघका ईश्वरा पोख्रेल, सामुदायिक बनका उपभोक्तहहरु  राम बहादुर रायमाझि, तुल्सीराम रायमाझि ,रामबहादुर रायमाझि ,पत्रकार प्रेम आचार्य लगायतले मन्तब्य राख्दै गिद्ध संरक्षणकालागि सबै सक्रिय भएर लाग्नु पर्ने बताए । 
 पाँच नम्वर प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीलाई प्रकृतीको कुचीकार मानीने गिद्धको बासस्थानको रुपमा बिकास गर्न सबै स्थानीय बासिन्दाहरु सक्रिय भएर लागेका छन । 
 गिद्ध संरक्षण गर्नका लागि अर्घाको सामुदायीक बनका उपभोक्ताहरु सक्यि भएर लागेका छन । अर्घाको गर्ता खहरे, खहरे खोला गर्लाम सामुदायिक बनका उपभोक्ताहरु गिद्ध बचाउने अभियानमा सक्रियताका साथ लागि परेको सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डिल बहादुर रानाभाटले जानकारि दिए ।  
Image result for गिद्ध संरक्षण अर्घाखाँची
 जिल्लाका बिभिन्न स्थानमा रहेका जंगल तथा पहरामा  ५ प्रजातीका गिद्ध पाइने गरेका छन । हिमालमा बसोबास गर्ने र  तराइमा बसोबास गर्ने  गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने गरेका छन ।  अर्घाका सामुदायीक बन, खन, मखात, घेराको भीर, ढाकाबांग लगायतका स्थनमा ५ थरी गिद्ध पाइने गरेको गिद्ध सरक्षण अभिायनका बिज्ञ कृष्णप्रसाद भुसालले बताएका छन । उनले डंगर गिद्ध , सुन गिद्ध, गोब्रे गिद्ध , हिमाली गिद्ध  र हाडफोर गिद्ध गरि ५ प्रकारका गिद्ध पाइने बताए । 
कार्यक्रम गर्ता, खहरे, खहरेखोला गर्लाम सामुदायिक बनका अध्यक्ष डिल बहादुर रानाभाटको अध्यक्षता र बल बहादुर रायमाझिको सञ्चालनमा सम्पन्न भएको थियो ।