अर्घाखाँची समाज जापानले गर्‍यो तिज बिशेष कार्यक्रम (भिडियो – तस्बिर सहित)


श्याम घिमिरे
अर्घाखाँची । नेपाली  महिलाहरुको  महान चाड  हरितालिका  तीजको   अबसरमा  जापानमा  रहने अर्घाखाँची बासीहरुको साझा संस्था  अर्घाखाँची  समाज जापानले महिला चेलीबेटिहरुलाई दर खुवाउने  एबम तीज गीत मनोरन्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । जापानको टोक्यो र  आसपासका क्षेत्रबाट ब्यापक उपस्थिति रहेको उक्त कार्यक्रममा  महिला तथा सहभागिहरुलाइ बिभिन्न नेपाली परीकार सहित तीजको  शुभकामना आदनप्रदान गरी स्वागत गरिएको थियो ।
रोजिरोटिको सिलशिलामा धेरै टाढा सात समुद्रपारी आएर मिनेट मिनेटको हिसाब गरी ब्यस्त रहने अवस्थालाई उचित ब्यबस्थापनका साथ सहभागि  भै अर्घाखाँचीबासी    तथा गैर अर्घाखाँचीबासीहरुबीच एकापसमा एकैछिन भएपनी सुख-दुख साटा साट  गर्न पाउदा सबैमा अत्यन्त हर्स एवम ऊमंङ्ग छाएको थियो । चलनचल्तीका तीज गितका भाकाहरु साथै   आफ्नै गाउँ ठाउँका जनजिब्रो मा गुन्जीरहने भाकाहरु र नाचले  साच्चै गाउँको  झझल्को दिलाएको थियो । जसले टाढाको अनुभुतिलाई चिर्दै अत्यन्तै शौहार्दता,मेलमिलाप तथा आत्मियताको गहिरो भावना प्रकट गरेको थियो भने उपस्थित सबैलाई माइती  घरको जस्तै अनुभुती भएको थियो ।
अर्घाखाँचीबाट जापानमा आई बिभिन्न  पेशा ब्यवसायमा छरिएर रहेका दाजुभाई  दिदिबहिनीहरु   बीच आपसी मित्रभाव बढाउदै सुख-दु:ख  एक आपसमा सहयोग गर्ने उदेस्यले गत बर्ष स्थापना भई सुरु गरिएको तीज बिशेष कार्यक्रममा उपस्थित सबैलाई अर्घाखाँची   समाज जापानका  अध्यक्ष ज्योतिश घर्ति मगर, धारापानी समाजका अध्यक्ष कृष्ण के.सी लगाएतले  हार्दिक धन्यवाद  एवम  तीजको शुभकामना  दिनु भएको थियो । कार्यक्रमको सहजिकरण दिपक थापाले गर्नु भएको जापान बाट अर्घाखाँची   समाज जापानका  अध्यक्ष ज्योतिश घर्ति मगर ले जानकारी दिनु भएको छ ।