सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राज्यपुन संरचना अन्तर्गत राप्रपा नेपाल अर्घाखाँचीले जिल्लामा एक उपमहानगरपालिका एक नगरपालिका र एक गाउँपालिका हुनुपर्ने प्रस्ताब ल्याएको छ ।
आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर राप्रपा नेपाल अर्घाखाँचीले आफ्नो संरचना सार्बजानिक गरेको हो । रा प्र पा नेपाल अर्घाखाँचीका सम्योजक गणेश थापाले जिल्लाको बिकासका निम्ति नयाँ संरचना आबस्यक हुने बताउनुभयो ।
अब रा प्र पा नेपालको नयाँ संरचना बमोजिम अर्घाखाँची यसप्रकारको हुनेछ ।
पणेना, धातिबाङ्ग, मैदान, खिदिम, पोखराथोक, पटौटीलाई गाभेर पाणिनी गाउँपालिका ठाडा, सिद्धारा, जुकेना, जलुके , सिमलपानी, सितापुर, सुबर्णखाललाई गाभेर डमरुदह नगरपालिका बाकी सबै गाबिस र साबिकको नगरपालिका अर्घाखाची उपमहानगरपालिका बनाइनुपर्ने र दरमुकाम सन्धिखर्कमा हुनुपर्नेमा राप्रपा नेपालले जोड दिऐको हो