सन्धिखर्क नगरपालिकाको बिकासका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिदै नगर समिक्षा बैठक सम्पन्न

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको एकमात्र नगरपालिकाको बिकासका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 
अार्थिक बर्ष २०७२/२०७३ को  बार्षिक समीक्षा गोष्ठी तथा २०७३/२०७४ को बार्षिक नगर बिकास योजना सार्वजनिक कार्यक्रममा बोल्ने बक्ताहरुले नगर क्षेत्रको बिकासका लागि सबै एकजुट भएर लागेपछि बिकासले तिब्रता लिने बताएका हुन्।
समिक्षा गोष्ठी सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजि जोशीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख अतिथ्यता सव-ईन्जिनियर नारायण पोख्रेलको सन्चालनमा सम्पन्न भएको सो कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल जिबिसका कार्यक्रम खधिकृत हरिषचन्द भुसाल, नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल (मुस्कान), पुर्ब सभापति कमल प्रसाद भुसाल, नेकपा एमालेका नेता जनार्दन खनाल, नेकपा माओवादीका जिल्ला सयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल, जनमुक्ति पार्टीका टोप बहादुर बलाल, नगर स्तरिय राजनीतिक दलहरुमा नेपाली काङ्ग्रेसका नगर सभापति बिनोद आचार्य, नेकपा एमालेका नगर प्रमुख युबराज श्रेष्ठ माओवादी केन्द्रका राम बहादुर  रायमाझी लगायत नागरिक समाज कार्यलय प्रमुख पत्रकार स्थानीय बुद्धिजिबि वार्ड नागरिक मन्चका प्रतिनिधि सरोकारवाला गरि सयौं जनाको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु