घनश्याम पाैडेल परिश्रमी
धातिवाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कबाट २७ किलोमिटरमा अवस्थित धातिवाङ गाविसमा देउराली यातायात व्यवसायी समितिकाे गाडी सञ्चालन नहुदाँ दैनिक २५/३० जना यात्रु घुम्तीबाट हिडेर आउन वाध्य भएका छन् ।
मेला पर्वकाे समयमा दैनिक यात्रुवाहक जिप सञ्चालन नभएपछि श्रीनगर यातायात व्यवसायी समितिकाे गाडीले १ खेप धातिवाङका यात्रु ल्याएपनि २० जना घुम्तीबाट हिडेर शुक्रबार अाएका धातिवाङ पधेरा व्यवसायी गनें एक व्यवसायीले बताएका थिए ।
मेला पर्वकाे समयमा नै गाडी नियमित सञ्चालन नभएपछि विकल्पकाे रूपमा श्रीनगर यातायात व्यवसायी समितिकाे गाडी सञ्चालनमा ल्याउन केही पहल गर्न थालिएको युवा बुद्धीराम पाैडेलले जानकारी दिए ।