नुवाकोटको पोखेडाँडामा दिपज्योति प्रतिक्षलय उद्घाटन तथा तिज विषेश मेला सम्पन्न (भिडियो तस्बिर सहित)

विनोद गैरे
पोखेडाँडा, अर्घाखाँची ।  नुवाकोट दिपज्योती युवा परिषदले नुवाकोटको पोखेडाँडामा निर्माण गरेको प्रतिक्षालयको उद्घाटन तथा तिज विषेश मेला कार्यक्रम आज सम्पन्न गरेको छ । 
हरितालिका तीजको अबसर पारी हजारौ जनसमुदायका विच विशेष कार्यक्रम सहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नवनिर्मित प्रतिक्षालयको उद्घाटन गर्दै युवाहरुको विकास निर्माणमा देखिएको अग्रसरतालाई मुक्तकण्ठले प्रशंसा गर्दै पोखेडाँडा अर्घाखाँची जिल्लाको निकै प्राचीन ऐतिहासिक स्थल भएको हुँदा यसको संरक्षण र दिगो विकासको लागि आफु सकारात्कम रहेको साथै यसको चौतफी विकासको लागि आफुले पहल गर्ने बताउनु भएको थियो । 
यस्तै प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बर्तमान अवस्थामा युवाहरुमा देखिएको विकृति र विसंङ्गतिलाई तोड्दै युवाहरुको एकता र विकास निर्माणमा नुवाकोटका युवाहरुको सक्रियता प्रति आभार प्रकट गर्दै प्रहरी सदैव जनताको न्यायको पक्षमा रहेकोले सम्रग जिल्लाका जनताको शान्ती सुरक्षा र अमन चयनमा प्रहरी र जनता विच सदैभ होस्टेमा हैसेको विकल्प नभएको भन्दै पछिल्लो समयमा अर्घाखाँचीमा भएका सवारी दुर्घटना प्रति दुख व्यक्त गर्दै अर्घाखाँची जिल्लामा सवारी दुर्घटना न्यनीकरणका लागि प्रहरीले कुनै कसुर वाँकी नराख्ने  प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
नेपाली कांग्रेस अर्घाखाँचीका पुर्ब सभापति कमल प्रसाद भुसाल , नेपाल परिवार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल , नुवाकोट गा.वि.स सचिव चिरञ्जीवी अधिकारी, नेपाली कांग्रेस नुवाकोटका सभापति अशोक कुमार श्रेष्ठ, ने.क.पा एमाले नुवाकोटका अध्यक्ष झुपलाल खनाल, ने.क.पा. माओवादी केन्द्र नुवाकोटका अध्यक्ष रेशम थापा, राष्ट्रिय जनमोर्चा नुवाकोटका अध्यक्ष चेतनारायण गैरे, राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयोगि बिसि लगायतले मन्तव्य राख्दै प्राचिन तथा ऐतिहासिक स्थलमा परिषदले प्रतिक्षालय निर्माण गरी नमुना कामको थालनी गरेकोमा परिषदलाई धन्यवाद साथै हौसला दिदै हरेक रचनात्मक काममा युवाहरुको सक्रियता अपरिहार्य भएकोले आगामी दिनहरुमा पनि परिषदले यस्तै रचनात्मक काम गर्दै जनु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा पत्रकार प्रेम आचार्य, विनोद गैरे, हरि प्रसाद भुसाल, अशोक पौडेलको पनि उपस्थिती रहेको थियो । कार्यक्रम परिषदका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता सहसचिव रामचन्द्र श्रेष्ठको स्वागत तथा सचिव ज्ञान प्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखेडाँडामा दिनभर तीज कार्यक्रम
यसै विच पोखेडाँडाको दिनभरको तीज कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गरेवापत एसियन थाई फुड्स प्रा.लि.अर्घाखाँचीको आधिकारी विक्रेता सुजन सप्लायर्सका व्यवस्थापक प्रेम थापाले समग्र दिनभरका हजारौं नृत्य मध्येवाट उत्कृष्ट २ नृत्य लाई प्रथम तथा द्वितीय पुरस्कार स्वरुप प्रिति चाउचाउका कार्टुन प्रदान गर्नुभएको थियो । दिनभरको कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै नुवाकोट गा.वि.स. वार्ड नं. ३ की रेखा जि.सी.ले प्रथम स्थान हासिल गर्दै २ काटुन प्रिती चाउचाउ र सन्धिखर्क नगरपालीका २ चुत्राबेसीकी हिरा वन्जाडेले दोस्रो स्थान सहित  १ कार्टुन प्रिती हात पारेका थिए ।
तस्बिर स्रोत: फेसबूक
भिडियो: सहयोगी बिसी