चाडपर्वहरु नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्वारा अनुगमनलाई तिव्रता ( तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपालीहरुका चाडवाडहरु नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुगमनलाई तिव्रता दिएको छ । 
आज ४ खाद्य उद्योग, १ पानी उद्योग, ३ मासु पसल र २१ थोक बिक्रेता सप्लार्यसमा अनुगमन कार्य सम्पन्न भयो ।
अनुगमनको क्रममा  १ थान तराजु, २० के.जी. माछामासु, थुप्रै परिमाणमा चिसो पेय पदार्थ र खाद्य पदार्थ जफत गरि आज नै जिल्ला प्रशासन कार्यालयको हाताभित्र नष्ट गरियो । 
साथै अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी घिमिरेले दर्ता नविकरण र कानुन बमोजिम व्यापार ब्यबसाय गर्न निर्देशन र अव्यवस्थीत रुपमा सञ्चालीत दैनिक उपभोग्य उत्पादन गर्ने कम्पनीहरुलाई तुरुन्त सुधार गर्न चेतावनी समेत दिनुभएको छ ।