पहिरोका कारण उच्च जोखिममा रहेको खाचिकोटको भुजुङगेलाई बैकल्पिक ब्यबस्थापन मिलाउन अाग्रह

सुर्य भुसाल 
भुजुङगे, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने खाचिकोटको भुजुङगेका स्थानीय बासिन्दाहरु सँग जिल्ला स्थित राजनैनिक दल सहितको टोलिले अाज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 
सो ठाउका झन्डै पचास घर पहिरोका कारण उच्च जोखिममा रहेको र स्थानीय बासिन्दाहरु घर बस्ने अबस्था नभएको भन्दै तिनिहरुको कसरि ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा स्थलगत समस्या बुझनका लागि अाफुहरु भुजुङगे पुगेर जनता सित अन्तरक्रिया गरेको नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो । 
भुजुङगेका स्थानीय बासिन्दा हरुले अाफुहरुलाई बैकल्पिक ब्यबस्थापन मिलाउन दलका नेताहरुलाई अाग्रह गरेका थिए।  
अन्तरक्रियामा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका जिल्ला सचिव राम बहादुर चौहान, नेकपा माओवादीका जिल्ला सयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सागर केसी, नेपाली काङ्ग्रेस महासमिति सदस्य बासुदेब आचार्य, काङ्ग्रेसका बिष्णु भुसाल, राष्ट्रिय जनमुक्ति पार्टीका टोप बहादुर बलाल, जिल्ला बिकास समितिका पिताम्बर खनाल लगायतको टोली अाज भुजुङगे पुगेर त्यहाँको बस्तुगत अबस्था बुझेको हो।