चितुवा अातकका कारण सन्धिखर्क अासपासका क्षेत्रमा तिजमा चहलपहल अत्यन्तै कम, बाहिर निस्किदैनन केटाकेटी

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका अासपासका क्षेत्रमा चितुवाले दैनिक अातक मच्चाउने बच्चा अाक्रमण गर्ने गर्न थालेपछि अातकित बनेका स्थानिय बासिन्दाहरुलाई तिजको समेत रौनकक्ता छुन नसकेको स्थानीयले बताएका छन ।
नेपाल प्रहरीको टोलीले घटना  घटाएको ठाउँ अासपासका जंगलमा दैनिक  चितुवाको खोजी गरेपनि भेटाउन असफल भएको कारण स्थानिय बासिन्दा त्रसित मै बस्न बाध्य भएका हुन ।
सो ठाउँमा उक्त चितुवा मार्नका लागि स्थानीय बासिन्दाहरुको ठुलो भिड जिल्ला प्रसासन कार्यालय मा डेलिकेसन गएपछि प्रमुख जिल्ला अधिकारीले सुरेन्द्र पौडेलले चितुवा नियन्त्रणमा लिउनका लागि प्रहरी परिचालन गरि चितुवा मार्नका लागि बुधबार अादेस पत्र दिनु भएको थियोे । अादेस पत्र बोकेका प्रहरी  र स्थानीय बासिन्दाले  दुई दिन जगलमा चितुवाको खोजी कार्य गरेका थिए । 
जताततै मकैबारि रहेको र जंगल पनि ठुलो भएको कारण चितुवा खोज्न कठिनाई भएको प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले बताउनु भयो ।
चितुवाको खोजि कार्यलाई तिब्र पारिने समेत पौडेलले जानकारी   गराउनु भयो । चितुवा मार्न प्रसासनले  अनुमति दिईसकेको छ । तर अहिले पनि चितुवा अासपासका क्षेत्रमा नै देखिने कराउने गरेको स्थानियलाई त्रसित पार्ने गरेको स्थानिय प्रमोद ज्ञवालिले बताउनु भयो  । दुई बर्षमा चितुवाले अर्घाखाँचीमा १५ जनालाई अाक्रमण गरिसकेको छ ।
स्थानीय बासिन्दाहरुले अाफ्ना केटाकेटी एक्लै दोक्लै बिधालय पठाउन समेत छोडेका छन । भने रात परेपछि घरका ठुला मान्छे समेत एक्लै बाहिर निस्कन सक्ने अबस्था नभएको भालुखोला दुबार-कुरका स्थानियले गुनासो गरेका छन तिजको दरखाने दिन र तिजको दिन समेत केटाकेटी अोहोर-दोहोर गर्ने नाचगान गर्ने रमाइलो गर्ने अबस्थाबाट चितुवा अातकका कारण स्थानिय बन्चित भएका हुन ।