३७ अौ शिक्षा दिबस सन्धिखर्कमा मनाइयो ! शिक्षा क्षेत्रको अामुल परिबर्तन अाबस्यक रहेको क्षत्रिय डाईरेक्टर अधिकारीको भनाई

सुर्य प्र भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका क्षेत्रिय डाईरेक्टर बिष्णु प्रसाद अधिकारीले शिक्षा क्षेत्रको अामुल परिबर्तन अहिलेको मुख्य अाबश्यक्ता रहेको बताउनु भएको छ ।  
३७ अौ शिक्षा दिबसको अबसरमा सन्धिखर्कमा अायोजित बिशेस समारोहको बिहिवार उदघाटन गर्दै निर्देशक अधिकारीले व्यबाहारिक शिक्षालाई प्राथमिकता दिदै मन्त्रालयले शैक्षिक क्षेत्रको सुधारका लागि छिट्टै नया योजना ल्याउन लागेको दाबी गर्नु भयो ! उहाले बिधार्थि हरुको शैक्षिक प्रगतिको मुल्यांकन गर्दै बिधालयको गुरणस्तर मापन गर्नु पर्ने बताउनु भयो ।  
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शैक्षिक गुरणस्तरलाई माथि लैजानका लागि शिक्षक बिधार्थि अभिभावक लागेमात्र जिल्लामा शैक्षिक परिबर्तन हुन सक्ने बताउनु भयो । 
कार्यक्रममा क्षेत्रिय निर्देशालयका उप निर्देशक विश्व प्रसाद चापागाईंले शैक्षिक क्षेत्रको बिकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिनु भयो । 
कार्यक्रम मा उपनिर्देशक खेमराज पौडेल सबुज गण म्यालपोखरी ब्यारेकका गणपति लक्ष्मि भक्त श्रेष्ठ प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल  लगायतले   मन्तबय राख्नु भएको थियोे । 
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको अायोजनामा भएको कार्यक्रम निमित्त स्थानिय बिकास अधिकारी श्याममणि काफ्लेको अध्यक्षता साहायक जिल्ला शिक्षा अधिकारी लिल बहादुर राहुतको स्वागत मन्तब्य बिधालय निरिक्षक नारायण पोख्रेलको सन्चालनमा भएको कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलकानेताहरु कार्यलय प्रमुखहरु कर्मचारीहरुको अाधिकारिक टे्डयुनियनका कृष्ण बर्मा प्रदिप लम्साल शिक्षकहरुका पेसागत सँग संगठनका प्रमुख तथा प्रतिनिधि सन्चारकर्मि बिधार्थि नेताहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा बिभिन्न विधार्थीहरुमा प्रथम दुईतय र तृतीय हुनेहरुलाई जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले पुरस्कार बितरण गर्दै सबै उपस्थितलाई धन्यवाद दिनु भएको थियोे ।