बँदेलले मकै खाईदिन थालेपछि बाँगीका कृषकहरुमा चिन्ता

Image result for अर्घाखाँची जिल्लाको बाँगी गाबिसमा
बाँगी गाबिसमा ।

कृष्ण परियार 
बाँगी, अर्घाखाँची ।  लगातार लामो खडेरी ,पानी कहिले पर्छ र मकै छर्न पाउला भन्दै पानीको आशामा बस्नु पर्ने बाध्यता , घरमा काम गर्ने मान्छे नहुदा खेतालाको पालो कुर्नु पर्ने,दैनिक ५ सय देखि ७ सय सम्म ज्याला तिरेर लगाएको खेती त्यही पनि अव भित्राउला र बर्षभरी खाँउला भनेर मेहनत गरिरहेका किसान हरु यति वेला ठुलो चिन्तामा परेका छन् ।  
बर्षभरी खान दुःख गरी गरेको मकै बाली बँदेलले दिनहुँ नोक्सान गर्दिन थालेपछि अर्घाखाँची जिल्लाको बाँगी गाविसका किसानहरुलाई चिन्ता पर्न थालेको हो । घरमा काम गर्ने मानिस नहुदा दैनिक ५०० रुपैया ज्यालादारी तिरेर काम गराएको पाक्ने बेलाको मकै बालिमा दिनहुँ बँदेलले ८ देखि १० भारी सम्म नोक्सानी गर्दिन थालेपछि किसानहरु झनै चिन्तामा परेका हुन् । 
बाँगी गाविसको प्युडाँडा ,सुकापोखरा ,गोललाउने र सन्धिखर्क नगरपालिका साविकको अर्घा गाविसको  हिले लगायतका ठाउँहरुमा मध्यरातमा ८-१० ओटाको सङ्ख्यामा आउने बँदेलले एक रातमा ८-१० भारी मकै नोक्सान गर्दिने गरेको कृषक टंक भुसालले बताउनु भयो । 
पाक्नै थालेको बाली यसरी नोक्सान गर्दिन थालेपछि किसानहरु रातभर बारीमै आगो बालेर जाग्राम बस्ने गरेको गोललाउनेका घनश्याम बन्जाडेले बताउनु भयो । बस्ती नजिकै रहेको जङ्गलबाट मध्यरातीमा आउने र रातीमानै जाने गर्नाले किसानहरुलाई धपाउनको लागी निक्कै अप्ठारो पर्ने गरेको छ । 
 बाली लाई जोगाउनको लागी अहिले ७-८ जनाको स्थानिय युवाहरुको समुहले रातभर गाउ्रँका बारीहरुमा गस्ती गर्ने गरेको किसान मनिराम भुसालले बताउनु भयो । विगत केहि बर्ष अगाडीबाट बँदेलले यसरी सताउन थालेको हो । मकै पाक्नै लाग्दा बँदेल संगै बादरको पनि विगविगी बढ्ने गरेको छ ।