नुवाकोटको चिदिचौरमा अखिल (छैठौं) अर्घाखाँचीको प्रशिक्षण तथा भेला कार्यक्रम संपन्न

नुवाकोट गाविसको  नुवाकोट मा.वि  चिदिचौरमा । 
गोपाल प्रसाद भट्टराई
नुवाकोट,अर्घाखाँची ।  ”राष्ट्रिय स्वाधिनता र शैक्षिक समानताका लागि हाम्रो आन्दोलन,संघियताको खारेजी र संबिधान कार्यान्वयनको पक्षमा २३ औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका यहि असौज १ र २ गते सन्धिखर्कमा सम्पन्न गर्न लागिरहेको तेइसौँ जिल्ला सम्मेलनको तयारी र असौज १४ देखि १६ सम्म काठमाडौंमा हुन लागिरहेको विसौ राष्ट्रिय सम्मेलनको प्रचार-प्रसारमा जुटेको अखिल (छैठौं) अर्घाखाँचीले जिल्लामा विद्यार्थी जागरण अभियान लाई तीव्रता दिएको छ । 
जस अन्तर्गत भाद्र २२ गते बुधबार जिल्लाको नुवाकोट गाविसको  नुवाकोट मा.वि  चिदिचौरमा प्रशिक्षण तथा भेला कार्यक्रम संपन्न गरेको छ । अखिल छैठौका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र सचिवालय सदस्य विष्णु केसीले प्रशिक्षण दिनु भएको भेलाले सावित्रा सारुको अध्यक्षतामा  ३३ सदस्ययीय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा चन्दा थापा र शिव बहादुर जि.सी ,सचिवमा हरि बहादरु विश्वकर्मा सह-सचिवमा राहुल पुनमगर र कोषाध्यक्षमा मनिषा वि.क चयन हुनु भएको छ ।  कार्यक्रम पारस वि.सीको संचालनमा संपन्न भएको हो । 
यस्तै अर्घा रजस्थल मा.वि अर्घामा पनि प्रशिक्षण तथा भेला संपन्न भएको छ । भेलाले रन्जित परियारको अध्यक्षता ५५ सदस्यीय मुल ईकाई कमिटिको गठन गरेको छ । जसको उपाध्यक्ष मिलन पौडेल,सचिवमा बिना थापा, सह-सचिवमा दिपक खड्का र कोषध्यक्षमा सिर्जना भुसाल  चयन हुनु भएको छ । कार्यक्रम जिल्ला सह-सचिव सन्देश खनाल र संतिश कुवर को सहजीकरण र रन्जित परियारको संचालनमा संपन्न भएको हो ।