अखिल छैठौंको अर्घाखाँची शिक्षा क्याम्पस सन्धिखर्कमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

 गोपाल प्रसाद भट्टराई
सन्धिखर्क,अर्घाखाँची । अखिल छैठौं अर्घाखाँचीले सम्मेलन नजिकिदै गर्दा विद्यार्थी जागरण अभियानमा तिव्रता दिएको छ । 
२३ औं जिल्ला सम्मेलनको तयारी तथा २० औं राष्ट्रिय सम्मेलनको प्रचार-प्रसारमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आज सन्धिखर्क नगरपालिका भित्रका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्ंपन्न गरेको छ । 
जस अन्र्तगत अखिल छैठौंले अर्घाखाँची शिक्षा  क्याम्पस सन्धिखर्कमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
 जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र उपाध्यक्ष जितेन्द्र खत्रीले सांगठनिक तथा देशको समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण पछिको भेलाले हिम्मत खनालको अध्यक्षतामा १५ सदस्यीय अर्घाखाँची शिक्षा क्यामपसमा उच्च मा.वि.स्तरिय अखिल छैठौं मुल ईकाई समितिको गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा मनकला बन्जाडे,सचिवमा विशाल रायमाझी ,सह-सचिवमा विजय भुसाल र कोषध्यक्षमा अमृत पौडेल चयन हुनु भएको छ ।
 कार्यक्रम अखिल छैठौंका जिल्ला सह-सचिव सन्देश खनालको संचालनमा संपन्न भएको थियो ।  
यस्तै अखिल छैठौँको अर्को टोलीले सन्धिखर्क नगरपालिकाकै जनज्योती उच्च मा.वि.मा पनि प्रशिक्षण तथा भेला संपन्न गरेको छ ।
 भेलाले सागर खनालको अध्यक्षतामा ३५ सदस्यिय जनज्योती उच्च मा.वि.मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा प्रदिप भुसाल र सन्तोष भुसाल ,सचिवमा माधव खनाल ,सह-सचिवमा बन्दना के.सी र कोषध्यक्षमा अस्मीता पौडेल चयन हुनु भएको छ ।  
त्यस्तै युवाबर्ष जनता रविचित्र उच्च मा.वि.सन्धिखर्कमा पनि अखिल छैठौँले प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न गरेको छ ।
 अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई र कोषाध्यक्ष अनिल खनालले प्रशिक्षण दिनु भएको भेलाले राजन भुसालको अध्यक्षतामा २७ सदस्यिय मुलईकाइ समितिको गठन गरेको छ । 
जसको उपाध्यक्षमा अर्जुन पाण्डे ,सचिवमा दिक्षा चुदाली ,सह-सचिवमा आशिष रेग्मी र कोषाध्यक्षमा ईषा पौडेल चयन हुनु भएको छ । 
त्यसैगरी अखिल छैठौँले भगवति उच्च मा.वि.कुर शंखेटारीमा पनि प्रशिक्षण तथा भेला सम्पन्न गरेको छ ।
 भेलाले महेन्द्र भुसालको अध्यक्षतामा ४१ सदस्यीय मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अनिता थापा,सचिवमा संजय कुमार श्रेष्ठ ,सह