डिभर्नामा एक १७ वर्षिया किशोरीले आत्महत्या गरिन्

प्रेम खड्का 
डिभर्ना, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -१४ डिभर्नामा एक किशोरीले आत्महत्या गरेकी छिन् । 
डिभर्नाका मिलन चन्द्र खनालकी  १७ वर्षिया छोरी बविता खनालले आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेकी हुन् । 
डिभर्नाको उच्च मावीमा कक्षा १० मा अध्ययनरत बविताले किन के कारणले आत्महत्या गरिन अहिले सम्म खुल्न सकेको छैन् ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने मृतक किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।  

अन्य समाचारहरु