समाजसेबा तथा बाताबरण संस्कृत संरक्षण समुह अर्घाखाँचीको अधिबेशन ! एनजीओ अाईएनजिअोले पनि न्याय क्षेत्रमा टेवा पुग्ने काम गर्नुपर्ने अर्घाखाँची जिल्ला न्यायाधीश बास्तोलाको भनाई

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका जिल्ला न्यायाधीश केसब प्रसाद बास्तोलाले गाउँ- गाउँ टोल टोलमा जनताको पहुच पुग्ने गरि न्याय क्षेत्रको बिकास गर्नका लागि सबै क्षेत्रले सहयोग गर्नु पर्ने बताउनु भएको छ । 
समाजसेबा तथा बाताबरण संस्कृत संरक्षण समुह अर्घाखाँचीको बिसौ बार्षिक साधारण सभा तथा सातौ अधिबेशनको अाज सन्धिखर्कमा उदघाटन गर्दै जिल्ला न्यायाधीश केसब प्रसाद बास्तोलाले सबैलाई न्याय दिलाउनका लागि अाफु लागि परेको बताउदै गैरसरकारी संस्थाहरुले पनि गाउँमा न्याय लाई सहयोग पुग्ने खालका काम गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा वरिष्ठ कृर्षि बिकास अधिकृत योग प्रसाद खरेल नेपाली काङ्ग्रेसका महाधिबेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल नेकपा एमालेका सचिब राम बहादुर चौहान नेकपा माओवादी केन्द्रका जिल्ला सहसयोजक छम कुमारी खनाल उधोग बाणिज्य सघका माहासचिब नेत्र प्रसाद भुसाल केयुबिकेका जिल्ला प्रतिनिधि मुक्ति पौडेल जिल्ला पशुसेबा कार्यलयका ललन कुमार यादब साहायक बन अधिकृत सिबसकर गुप्ता नेपाल पत्रकार माहासघका सभापति सोभाखर पन्थि लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल प्रेस चौतारीका अध्यक्ष हिम बहादुर जिसि लेकालि प्रेस सेन्टरका अध्यक्ष गणेस खनाल पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य, पत्रकार रुद्र मणि भुसाल अर्जुन भुसाल बसन्त श्रेष्ठ सरिता भुसाल सुरज रायमाझी लगायत सस्थाका पदाधिकारी सदस्य सघ स्स्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षता मेघराज पान्डेको स्वागत मन्तब्य युवराज पान्डेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै सस्थाको बन्द सत्रले भोलि नयाँ नेतृत्व चयन गर्ने छ ।