अाफ्नै श्रीमतीको हत्या गर्ने खनका बिकलाई जन्म कैदको फैसला

Image result for कारागार अर्घाखाँची
जिल्ला कारागार अर्घाखाँची । फाइल 

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खनगाबिस निबासि श्याम बहादुर बिकलाई अर्घाखाँची जिल्ला अदालतले जन्म कैदको फैसला गरेको छ । 
जिल्ला अदालत अर्घाखाँचीका जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाको एकल ईजलासले अाफ्नै श्रीमती राधिका बिकको हत्या गरेको भन्दै ज्यान सम्बन्धि महल अनुसार उनलाई जन्म कैदको फैसला गरेको अदालतका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनु भयो ।
निज बिकलाई शुक्रबार नै कारागार चलान गरिएको गैरेले जानकारी दिनु भयो । 
  

अन्य समाचारहरु