त्रिबेणि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कको साधारणसभा ! बिज्नेसप्लान बनाई ब्यबसायीक लगानी गर्न आग्रह (तस्बिर सहित)

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी ,हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको पाँचौ बार्षिक सधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै डिभिजन सहकारी प्रमुख रामप्रसाद चाँपागाईले सहकारीका सात सिद्घान्त अनुरुप सबैले हातेमालो गरी अगाडी बढेमा जस्तोसुकै काम गर्न सकिने भन्दै  बिजनेसप्लान बनाई ब्यबसायीक लगानीतर्फ जोड दिन सबैलाई आग्रह गरेका थिए ।  
 सन्धिखर्क ग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुल चुत्राबेसीको प्राङ्गगढमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बालकृष्ण खनाल,जिल्ला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास भुसाल, सन्धिखर्क ग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सीपल टेकबहादुर थापा,नेपाल पत्रकार महासंघका सभापती सोभाखर पन्थी लगाएतले कार्यक्रम सफलताको शुभकामना दिदै सहकारीले गरेको कामप्रती सम्मान एवम प्रशम्सा ब्यक्त गरेका थिए ।
कार्यक्रममा सन्चालक समितिको तर्फबाट  संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडे, शिक्षा उपसमिति को तर्फबाट संयोजक कमलप्रसाद घिमिरे, लेखा समितिको तर्फबाट सदस्य मोहनराज भुसाल र सचिब तुल्सीराम खनालले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यसैबिच  संस्थाको बार्षिक साधारण सभाको अबसरपारी सामुदायीक र संस्थागत बिद्यालय बाट गतसालको एस.एल.सी. परीक्षामा उत्कृष्ट नम्बर ल्याउने २-२ जना शेयर सदस्यका छोराछोरीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरीएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता उत्तममणी मिश्रको स्वागत मन्तब्य र सचिब तुल्सीराम खनालको सन्चालनमा सम्पन्न भएको थियो । यसैगरी संस्थाको बन्दशत्र कार्यक्रमले संस्थाको आन्तरीक तथा बिबिध बिषयामा छलफल गर्नै समेत बताईएको छ । संस्थामा हाल सम्म ४४९ जना शेयर सदस्यहरु रहेका छन ।