जुकेनामा ३७ औ शिक्षा दिवसको अबसरमा वतृत्वकला प्रतियोगीता सम्पन्न

युबराज पौडेलबाट  
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्ला दक्षिण भेगमा अबस्थित जुकेना गाबिसमा रहेकोे श्री सुधा उमाबिमा ३७ औ शिक्षा दिवसको अबसरमा वतृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको  छ।
 “समृद्ध राष्ट्र निर्माणको लागि जिबनयोगी शिक्षामा लगानी नेपालीको लक्ष्य नेपालीको इच्छा दिगो बिकासको लागि निरन्तर शिक्षा” मा आधारित रहेर प्रअ भोजराज आचार्यको अध्यक्षतामा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 
उक्त कार्यक्रम शिक्षक कृष्ण पौडेलले संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक कैलेस्वर मिश्र ले राख्नु भएको थियो ।
उक्त  प्रतियोगितामा १३ विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा प्रथम सुरेन्द्र भुसाल, दोस्रो बिमला घिमिरे,  तेस्रो युबराज अधिकारी, सात्वना पुरस्कारमा श्रीजना न्योपाने नमता पौडेल  बिजेता भएका थिए ।