पोखराबाट सन्धिखर्कका लागि सन्चालनमा आएका बसलाई अबरोध

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पोखराबाट अर्घाखाँची जिल्लाको  सन्धिखर्कका लागि सन्चालनमा आएका बस पृथ्वी राजमार्ग स्थित बुटवलमा पश्चिमाञ्चल बस सेवा समितीले अबरोध गरेको छ । 
अर्घाखाँची – पोखरा सम्पर्क समाजको पहलमा भाद्र २६ गते देखि पोखराबाट सन्धिखर्कसम्म सिधा  बस सेवा सन्चालनमा आएका थिए । आज पोखराबाट सन्धिखर्क तर्फ आउँदै गरेको  ना त ख ३२०९ को यात्रु बाहक बस बिना कारण समितीले रोकेको हो । 
समितीले बस अबरोध गर्दा कयौ यात्रुहरु अलपत्र परेका छन् । यसरी समितीले बिना कारण  सिधा बस सेवा अबरोध गरेको भन्दै सर्वसाधारण आक्रोश भएका छन् । तर सम्बन्धित निकाय मौन छ ।  
उता अर्घाखाँचीपोखरा सम्पर्क समाज, कास्कीले पृथ्वीराजमार्ग बस ब्यबसायी समितिको सहयोगमा पोखरा देखि अर्घाखाँचीसम्म बस सन्चालन गर्न लागेकोमा बस सेवा सुचारुमा पश्चिम नेपाल समितीबाट हाल बस सेवा रोक्न दबाब आएको भन्दै गम्भीर ध्यानआकर्षण भएको बताएको छ । 
यस्तै समाजले जिल्लाबासीलाई सुबिधा लिनबाट बन्चित गर्न खोज्ने ब्यक्ती,समुदाय वा समितीलाई आफ्नो आफ्नो ठाउँबाट दबाब शृजना गर्न   अनुरोध गर्दै बस सेवा सन्चाल्न गर्न जुन सुकै मुल्य चुकाउन पछि नपर्ने बताएको छ ।