मानब बेचबिखन तथा अोसारपसार र प्रहरी मेरो साथी कार्यक्रम सिमलपानीमा सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । मानव बेचबिखन तथा अोसारपसार विरूद्धको दशौ राष्ट्रिय दिवस र प्रहरी मेरो साथी भन्ने कार्यक्रम अर्घाखाँची जिल्लाको बिकट क्षेत्र सिमलपानी गाबिसमा सम्पन्न भएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी घिमिरेले मानब बेचबिखन र अोसारपसार गर्ने कार्य रोक्नका लागि सरोकारवाला गम्भीर भएको खण्डमा त्यस्ता खालका घटना अन्त्य हुने बताउनु भएको थियो।  
कार्यक्रममा जिल्ला प्रहरि कार्यलयका प्रहरी निरिक्षक कुल प्रसाद चौधरी, नेपाल बार एसोसियसनका टिका भुसाल, महिला बिकास अधिकृत दिपा घिमिरे लगायतले मन्तब्य राख्दै बेचबिखनका घटना हुन नदिनका लागि सबै सचेत हुनु पर्ने बताउदै अर्घाखाँचीमा त्यस्ता खालका घटना नभएको जिकिर गरेका थिए । 
कार्यक्रममा स्थानिय बिधालयका विधार्थी राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि सामुदायिक बनका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे । 
कार्यक्रम बेलकुमारी परियारको अध्यक्षता र महिला बिकास अधिकृत दिपा घिमिरेको सन्चालनमा सम्पन्न भएको हो । 
तस्बिर: सहायक प्रमुख जिल्ला अधिकारीबाट