अर्घाखाँचीमा ठूलो दुर्घटनाबाट बच्यो यात्रुबाहक बस, ३,४ सेकेन्डको कारण यात्रुको ज्यान बच्चो

 सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित फुदवाङ ठूलो दुर्घटना हुनबाट यात्रुबाहक बस बचेँको छ । 
बुटवलबाट सन्धिखर्कका लागि  दिउँसो साढे तीन बजे छुटेको लु १ ख ८१६२ नम्बरको यात्रुबाहक बस  सन्धिखर्क पुग्न करिब ४ किलोमीटर नजिकै  फुदवाङ्ग नजिकैको ओरालोमा माथीबाट पहिरो  झरेपछी बसको केही भाग पहिरोको निसानामा परेको छ ।
 माथिबाट खसेको माटोले बसको बायाँ तर्फको केही भाग पुरिएको छ । सबै यात्रु र बस सकुशल नै छन । 
डोजर लगायर बाटो खोल्ने कार्य जारी छ । बाटो खुलाउने कार्यमा जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रहरी सहायक निरीक्षक जगन्नाथ पान्डे सहितको टोली सकृय छ । बसमा १५ जना जति यात्रु रहेकको बताएको छ । 
उता अर्घाखाँचीमा निरत्नर वर्षा भएको छ । जिल्लाभरका कयौ कच्ची सडक पहिरो जाँदा गाडी अबरुद्द भएका छन् ।  
world news