राजमो अर्घाखाँचीको विरोध सभा संन्धिखर्कमा संम्पन्न

श्याम घिमिरे
संन्धिखर्क,अर्घाखाँची । राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रम अनुसार राष्ट्रियताको रक्षा, संघियताको खारेजी ,संविधानको कार्यान्नवयनको लागी दवाव तथा विरोध सभा  संन्धिखर्कमा सम्पन्न भएको छ । 
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापाले नेपाल जस्तो देशमा संघियताको आवश्यकता नभएको बताउनु भयो  नेता थापाले संघियताले देशलाई टुक्रा टुक्रापारी विखण्डन तर्फ लैजाने हुनाले यसलाई खारेजी गर्नु पर्ने भएकोले यस कार्यमा सवैको सहयोग र सर्मथन हुनु पर्ने बताउनु भयो ।
 लामो समयको संर्घषपछि जनाताले आफै संविधान बनाएको हुनाले यसलाई कार्यान्वयन गर्न को विकल्प नभएको बताउनु भएको छ । अहिलेको राज्य पुनःसंरचनाले जनताको आर्थिक न्यायलाई टाट पल्टाउने भएकोले यसबाट जनताले मुक्ति नपाउने भन्दै बर्गिय आन्दोलन बिना कुनैपनी आन्दोलन सम्पन्न नहुने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा राजमो राप्ती लुम्वीनी क्षेत्रिय समितिका उपाध्यक्ष सेर बहादुर वि.सी,नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन के.सी,अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य कल्पना पोख्रेल,अखिल छैठौंका केन्द्रिय सदस्य कुलराज खनाल लगायतका बक्ताहरुले मन्तव्य राख्दै संघियताको खारेजीको लागी सवैले सकरात्मक रुपमा सहयोग गर्न आग्रह गनु भएको थियो । कार्यक्रम पशुपति ढकालको अध्यक्षता ,गोविन्द वि.सी.को स्वागत मन्तव्य र गोपाल पौडेलको संचालनमा सम्ंपन्न भएको थियो ।