अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची भदौ २९ । ५२ औं बाल दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
जिल्ला बाल संगठनको आयोजनामा विभिन्न कार्यक्रम भएका हुन । बिहान सन्धिखर्कमा रहेको बालमन्दिर भवनमा प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति विष्णु मुस्कान, नेकपा एमालेका सचिव रामबहादुर चौहान, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश ज्ञवाली, राप्रपाका अध्यक्ष देवी बहादुर खड्का, राप्रपा नेपालका फर्सुराम बेल्वासे, मालेका सचिव केदार बेल्वासे, परिवार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, पत्रकार महासंघका सचिव प्रेम नारायण आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला बाल संगठनका अध्यक्ष देवराज श्रेष्ठको अध्यक्षता, सचिव प्रकाश बस्नेतको स्वागत मन्तव्य र कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
एक वर्ष सम्मका बालबालिका, एक वर्ष देखि ३ वर्ष सम्मका र ३ देखि ५ वर्ष सम्मका बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गर्दा निरोगी, स्वच्छ र बढि तौल भएका बालबालिकाका अभिभावकलाई पुरस्कृत गरिएको छ । बाल दिवसकै अवसरमा सन्धिखर्कमा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाका बीचमा लोक गित नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा सन्धिखर्क इङ्गलिस वोर्डिङ्ग स्कुल प्रथम, गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कुल द्वतिय, युवा वर्ष जनता रविचित्र उमावि हटारी तृतिय र मदरल्याण्ड इङ्गलिस वोर्डिङ्ग सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम द्वितिय तृतिय र सान्त्वना हुनेलाई करुवा, प्रमाण पत्रबाट पुरस्कृत गरिएको छ ।