खाँचीकोट डिहिडाँडामा वार्षिक उत्सव तथा नवनिर्मित भवनको उद्घाटन (तस्बिर सहित)

अर्जुन भुसाल 
डिहिडाँडा, अर्घाखाँची भदौ २९ । चन्द्र प्रभा उच्च मावि खाँचीकोको ६३ औं वार्षिक उत्सव तथा नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । 
कार्यक्रमको स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम र जिल्ला शिक्षा अधिकारी सुरेन्द्र राज पराजुलीले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी गौतमले शिक्षा क्षेत्रको विकासले  चौतर्फी विकासमा टेवा पुग्ने बताइन ।  उनले  हरेक चन्द्र प्रभा उच्च माविका विद्यालय भवनहरु जिर्ण देखिएको भन्दै नयाँ भवन निर्माणमा पहल थाल्नु पर्ने बताइन । उनले विद्यालयले शैक्षिक र भौतिक गुणस्तर वृद्धि गर्नमा विद्यालय, अभिभावक देखि समाजका सबै प्रभुत्व व्यक्तिको सहयोगको खाँचो औल्याइन ।
 जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमात्र विद्यालयले उद्देश्य हासिल गर्ने बताए । उनले शिक्षकहरुले पेशा प्रति इमान्दार भएमा मात्र विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउने बताए । जिशिअ पराजुलीले शिक्षकहरुले कमजोरीका कारण कतिपय विद्यालयका विद्यार्थीका विद्यार्थीहरुले राम्रो सिकाइ हासिल गर्न नसकेको बताए ।  उनले शिक्षकहरुले बढि मात्रामा राजनीति गर्दा त्यसको प्रत्यक्ष मार विद्यार्थीमा परेको बताए ।  
कार्यक्रममा नेपाली कांग्रेसका सभापति विष्णु खनाल मुस्कान, नेकपा एमालेका कार्यवहाक अध्यक्ष जीवनारायण कोइराला, नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कमल घिमिरे, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता  शिक्षक दिलिप पुरी क्षेत्री  स्वागत मन्तव्य र  शिक्षक तीर्थराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 
विद्यालयका प्रचार्य दिनबहादुर थापाले विद्यालयको आय व्यय प्रस्तुत गरेका थिए । जिल्ला शिक्षा कार्यालयको २४ लाख, विद्यालय व्यवस्थापन समितिको ६ लाख गरि करिव ३१ लखको लागतमा विद्यालयको भवन निर्माण गरिएको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव आचार्यले भवन निर्माण गनै देखि विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न निकै सहयोग पु