अर्घाखाँची प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा बालबालिकाको संरक्षण गर्ने दायित्वबाट कहीपनि पन्छिन नहुने उल्लेख

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालबालिकाहरुको संरक्षण गर्नु शिक्षक अभिभावक र सबै सरोकारवाला को दायित्व बराबर रहेको बताउनु भएको छ ।
५२ अौ अन्तर्राष्ट्रिय बालदिबसको अबसरमा नेपाल बाल संगठन अर्घाखाँची तथा जिल्ला बालकल्याण समिति अर्घाखाँचीले अाज अायोजना गरेको कार्यक्रम लाई बालमन्दिरमा उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले बालबालिकाहरुको भाबना लाई सबैले समेटनु पर्ने बताउदै कुनै पनि कार्यक्रम दिबसमा मात्र सिमित हुन नहुने बताउनु भयो । 
कार्यक्रममा प्रहरि नायब उपरीक्षक नबरत्न पौडेल नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान नेकपा एमाले का सचिब राम बहादुर चौहान नेकपा माअोबादि केन्द्र का प्रकास ज्ञवालि राप्रपा नेपालका फर्सुराम बेल्बासे राष्ट्रिय जनमोर्चाका कल्पना पोख्रेल राप्रपा का देबि बहादुर खड्का नेकपा मालेका सचिब केदार बेल्बासे नयाँ सक्ति का पुण श्रेष्ठ परिबार दलका डिल्ली राज भुसाल महिला बिकास अधिकृत दिपा घिमिरे उधोग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष असोक कुमार श्रेष्ठ लगायत ले मन्तब्य राख्दै   बालबालिका को क्षेत्रमा काम गर्ने एनजीओ अाईएनजिअो हरुले बाल संगठन सित मिलेर काम गरे बालबालिका हरुलाई सक्षम र पहिचान मुखि हुने बताउनु भयो ।
कार्यक्रम नेपाल बाल संगठनका जिल्ला अध्यक्ष देबराज श्रेष्ठको अध्यक्षता कृष्ण प्रसाद खनालको सन्चालन प्रकाश बस्नेतको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल बाल सगठनका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।