सन्धिखर्कमा सोलार बत्ति जडान हुन लागेपछि नगरबासी हर्षित

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सोलार बत्ति जडान हुन थालेपछि सदरमुकामबासीहरु हर्षित भएका छन् ।
सन्धिखर्क नगरपालिकाले अाफ्नो लगानिमा बजार एरियाभर सडक बत्ति जडान गर्ने कार्यलाई तिब्र पारिएको नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले जानकारी दिनु भयो ।
सदरमुकाममा कहिले लोडसेडिङको समस्या कहिले प्राबिधिक समस्याले गर्दा बिधुत सेबा सुचारु नहुदा समेत चोरिका घटनाहरु घटने गरेको र अहिले सोलार बत्ती जडान भएपछि चोरिका घटनाहरु समेत निरुत्साहित हुनेमा अाफुहरु बिश्वस्त भएको सन्धिखर्क निबासी शिव न्यौपानेले बताउनु भयो ।
नगरपालिका भएको तिन बर्ष पुरा हुदा नै नगरभित्रको बिकासले फड्को मारेको नगरबासीले महसुस गरेका छन नगरपालिका भित्र बाटो पिच धेरै ठाउमा सुरु गरिएको छ भने साबिका गाबिस र हाल सन्धिखर्क नगरपालिका भएका ठाउँहरु भौगोलिक रुपले नमिलेको कारण पनि बिकासका कामहरु तिब्रगतिले अगाडि बढन नसकेको समेत कार्यकारी अधिकृत जोशीले स्विकार गर्नु हुन्छ ।
 सन्धिखर्क चुत्राबेशीका धेरै गल्लीहरु नगरपालिकाले कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाएको छ । 
नगरपालिका साधन श्रोतले समेत मजबुद बनाउदै लैजानमा दुईबर्ष अगाडि मात्र सरुवा भई अाएका कार्यकारि अधिकृत रामजी जोशीको ठुलो भुमिका रहेको महसुस नगरबासीले गरेका छन ।
बिकासका लागि सबै नगरबासीहरु एकजुट भएको खण्डमा नगरपालिका लुम्बिनी अन्चलमा नै पहिलो नगरपालिका बन्ने सम्भावना रहेको सन्धिखर्क निवासी कृष्ण पोख्रेलको भनाइ छ ।