धातिवाँङ मावीका अति विपन्न दुई विद्यार्थीलाई शैक्षिक सामांग्री वितरण

डिल्लीराज घिमिरे
धातिवाँङ,अर्घाखाँची । मैदान स्रोत केन्द्र अन्तर्गत रहेको धातिवाँङ माद्यमिक विद्यालयमा वाल दिवसको अवसरमा दुई अतिविपन्न विद्यार्थिलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 
जिल्लाका पत्रकार दीपक भुसाल र अनुसन्धान संवाददाता डिल्लीराज घिमिरेको संयुक्त सहयोग योजना अनुरूप विद्यालयमै आयोजित वाल दिवस विशेष कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय पार्षद समेत रहेका डिल्लीराज घिमिरे र स्वास्थ्य चौकी ईन्चार्ज मित्रदेव पौडेलको हातवाट वितरण गरिएको छ । यस्तै सोही कार्यक्रममा धातिवांङ ८ वुटवल वसोवास गर्ने खुमा पौडेललेफ़ोटोकॉपी मसिन,धातिवांङ ८ हाल भैरहवा वसोवास गर्ने व्यावसायि एलिजा चाउमिन तथा सस उद्योगका संचालक भविस्वर पौडेलवाट टाईवेल्ट,धातिवांङ ८ स्थाई वसोवास गर्ने मणिराम पौडेल अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रमक्रमवाट जेहेन्दार पुरस्कार अति विपन्न वरिका विद्यार्थीको लागी कापी,पेन र पेन्सील उपलव्ध गराईएको थियो ।
वाल दिवसको अवसरमा विद्यालयमा आयोजित हाज़िरी जवाफकार्यक्रममा “सिद्धेश्वर ए” दीपेन्द्र पौडेल,सचिन पौडेल,विन्दु पौडेल,मुकेश पौडेल,चन्द्रपाल पौडेलको समुह तृतीय “शिवालय ए”समुहवाट मनोज पौडेल,मनिषा घर्ती,अनिशा पौडेल,मनिषा पौडेल,प्रतिभा घिमिरेको समुह द्धितीय “पाणिनी ए” सौरभ पौडेल,शिखर भुसाल,सुजाता पौडेल,यमलाल पौडेल,पारस घर्तीको समूह प्रथम हुन सफल भएको थियो ।
थानेश्वर पौडेलको प्रमुख अतिथित्यता रहेको कार्यक्रममा विद्यालय व्यावस्थापन समिति अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षता थियो । स्वतन्त्र पत्रकार संघका केन्द्रीय पार्षद डिल्लीराज घिमिरे,धातिवांङ स्वास्थ्य चौकी ईन्चार्ज मित्रदेव पौडेल सहित स्थानीय शिक्षाप्रेमी सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधीको आथित्यता,शिक्षक,अविभावक,विद्यार्थीको उपस्थितीमा सम्पन्न भएको कार्यक्रम शिक्षक मेघनाथ पौडेलको संचालनमा ५२ औँ वाल दिवसको अवसरमा आयोजित “हाज़िरी जवाफ तथा टिकाराम-भिमकला छात्रवृत्ति वितरण कार्यक्रम” धातिवांङ माद्यमिक विद्यालयको प्रगाढ़मा सम्पन्न भएको छ । 
तस्वीर डिआरजी/सुमन