चुत्राबेसी, भक्तिटोला र पेट्रोलपम्प जोडने संगम पुलको उद्घाटन

चुत्राबेशी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं-२ को चुत्राबेशीमा चुत्राबेशी मेनरोड टोल सुधार समितीको प्रथम साधारण सभा तथा संगम पुल उद्घाट्न कार्यक्रम सम्पन्न भएको छ । 
चुत्राबेसी, भक्तिटोला र पेट्रोलपम्प जोडने संगम पुलको सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले एक समारोहका बिच रिबन काटी उद्घाटन  गरेका थिए । 
संगम पुल निर्माणमा कुल लागत ६ लाख ४१ हजार रुपैया बराबर रहेको छ । उक्त पुल निर्माणमा सन्धिखर्क नगरपालिकाले ३ लाख ७६ हजार रुपैया सहयोग गरेको छ । भने बाँकी रकम स्थानियबासीले सहयोग गरेका छन् ।  

फाइल तस्बिर  

अन्य समाचारहरु