ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भामाथि भ्रष्टाचारको मुद्दा चल्ने भएको छ ।
ब्राजिलको संघीय अभियोजनकर्ताले लुला डि सिल्भा र उनकी पत्नीका नाममा समुद्री किनारमा भव्य पेन्टहाउसमा सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गर्न लागेको हो ।
यद्यपि, सिल्भाले भने सो पेन्टहाउस आफ्नो स्वामित्वको नभएको जनाउँदै आएका छन् ।
सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलका राष्ट्रपति बनेका सिल्भाले पदमा रहँदा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।
सन् २०१८ मा हुने राष्ट्रपतीय चुनावमा राष्ट्रपति पदका लागि उम्मेदवार बन्ने तयारीमा रहेका सिल्भामाथि मुद्दा चल्ने भएपछि उनी अप्ठेरोमा परेका छन् । (एजेन्सी)