सन्धिखर्क टुडिखेलको अबस्था दयानिय हुँदा खेलाडी चिन्तित

 सन्धिखर्क टुडिखेल । तस्बिर: कमल बिष्टबाट

सुर्य भुसाल
सन्धिखर्क टुडिखेल, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । कुनै पनि जिल्ला होस या देश होस त्यसलाई देश बिदेशमा परिचित बनाउने एउटा माध्यम खेल हो ।
 तर सन्धिखर्क नगरपालिकाको अति महत्वपूर्ण ठाउँमा सुन्दर खेल मैदान त छ तर खेलाडीको लागि न फुटबल खेल्न गोल पोस्ट छ, न त भलिबल पोल नै, तस्बिरमा देखिने सेतो टिसर्ट लगाएर उभिएका खेलाडी गोल किपर हुन जसको छेउ-छाउमा दुइवटा ढुङ्गा राखेर गोल्पोस्ट बनाइएको छ । यो स्थानीय खेलाडी देखि सबुज गणका खेलाडीले समेत खेल तयारी गर्ने एक मात्र मैदान हो तर भौतिक संरचना बनाउने तिर सम्बन्धित निकायको ध्यान नजाँदा यहाँका खेलाडी मर्कामा पर्ने गरेको सन्चारकर्मी एबम खेलाडी कमल बिष्टले दुखेसो पोखेका छन् । 
ब्याडमिन्टन खेलाडीको लागि विभिन्न कार्यालयको कार्यालय  परिसर भित्र कोड बनाउने देखि ठुलो रकम खर्चेर कबड हल निर्माण भएका छन तर  खेल मैदानको सानो खर्चमा तयार हुने संरचना तर्फ भने कसैको ध्यान पुगेको छैन ।
विभिन्न महत्वपूर्ण कार्यालयको छेउमै आगन जस्तै रहेको मैदानको सरोन्नती तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको खेलाडीले  बताउन्छन् ।