डिभर्नामा हराइएकी एक सुत्केरी महिलाको अचेत अवस्थामा जंगलबाट जिवितै उद्दार (तस्बिर सहित)

( पहिलो प्रकासित मिती: २०७३ भाद्र ३०, विहीवार)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित डिभर्नामा हराइएकी एक सुत्केरी महिलालाई २४ घण्टा पछि जंगलबाट जिवितै उद्दार गरिएको छ । 
सन्धिखर्क नगरपालिका – १५, डिभर्नाकी १९ वर्षिया अन्जना श्रेष्ठको प्रहरी र अर्घाखाँचीडट्कमका प्रेम खड्काको टोलीले अचेत अवस्थामा जिवितै उद्दार गरेको हो । उनी एक महिनाकी सुत्केरी हुन् । उनले छोरी जन्माइएकी थिईन् । 
सन्धिखर्क बजारबाट घर फर्कने क्रममा बुधवार ५ बजे देखि ओख्रे भन्ने जंगलमा हराइएको भनी दिएको उजुरीका आधारमा खोजी गर्दा सोही जंगलमा २४ घण्टा पछि बेहोस् अवस्थामा प्रहरीले उनलाई फेला परेको थियो । 
प्रहरीले अचेत अवस्थामा रहेकी अन्जनाको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याएको छ । आफ्नो श्रीमानको नाम बताउने सके पनि उनको अझै पुरा होस् खुलेको छैन। जंगलमा फेला परेकी अन्जनाको कपडा च्यातिएको छ । जंगलमा  फेला परेकी उनको अहिले सम्म कुनै कारण खुल्न सकेको छैन् ।  प्रहरीले अन्जनाको श्रीमान नारायण प्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको बताएको छ । यसअघि हिजो उनका श्रीमानले हुलिया सहित हराइएकी श्रीमती खोजी पाउ भनी प्रहरीमा उजुरी दिएका थिए ।