जनज्योति उच्च माबि चुत्राबेसीमा न्यायिक सम्बाद कार्यक्रम सम्पन्न ! जनमुखि न्याय दिलाउन अाफुले जिल्लामा पहल गरेको जिल्ला न्यायाधीश बास्तोलाको भनाई

सुर्य भुसाल 
चुत्राबेसी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  अर्घाखाँचीका जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाले न्यायका बारेमा सबैलाई जनचेतनालाई फैलाउने गरि अदालतले न्यायिक सम्बाद कार्यक्रमलाई विधार्थी सामु ल्याएको बताउनु भएको छ ।
जिल्ला अदालत अर्घाखाँचीले शुक्रबार बिहान जनज्योति उच्च माबि चुत्राबेसीमा अायोजना गरेको  छिटो छरितो न्याय सबैका लागि न्याय समुदायमा  न्यायाधीश भन्ने न्ययिक सम्बाद कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश बास्तोलाले अदालतले गरेका हरेक काम पारदर्शी बनाउने र अदालतबाट पाउने सेबा सुबिधाबाट कोहिपनि बन्चित हुन नहुने भन्दै जनमुखि न्याय दिलाउन अाफुले जिल्लामा पहल गरेको बताउदै न्याय पाउनबाट कोहि पनि बन्चित नहुने बताउनु भयो । उहाले बिधालयहरुले बेला बेलामा विधार्थीहरुलाई कानुन सम्बन्धि बिषयमा जानकारी गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले न्याय र कानुनी कुराहरुका बारेमा अदालतले गरेका कामको प्रचारप्रसारलाई संचारकर्मीले समेत महत्त्वपूर्ण ढगले अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाले न्याय क्षेत्र अहिले धेरै सजिलो भएको बताउदै न्यायाधीश समेत यसरी बिधालयमा पुगेर विधार्थीहरुसँग अन्तर सम्बाद गर्नुले पनि धेरै भन्दा धेरैले कानुनका बारेमा जानकारी पाउने बताउनु  भयो । 
कार्यक्रममा जिल्ला न्यायधिब्क्ता रोमाकान्त ज्ञवाली जिल्ला प्रहरि कार्यलयका प्रहरी निरिक्षक सुजन राज सिह भण्डारी जिल्ला बिकास समितिका कार्यक्रम खधिकृत हरिषचन्द्द भुसाल   जिल्ला कारागारका प्रमुख यज्ञश्वर पन्थि नेपाल बारएसोसियसनका अध्यक्ष केबी भुसाल जनज्योति उ. माबिका पसुपति भुसाल लगायतले अदालतले यस्ता खालका महत्त्वपूर्ण कार्यक्रम हरु बिधार्थि र जनता सामु ल्याउनु अत्यावश्यक रहेको बताएका थिए ।
कार्यक्रम अदालतका सुचना अधिकारी टेक राज गैरेको सन्चालनमा सम्पन्न भएको सो कार्यक्रममा बिधालयका विधार्थी शिक्षकहरुको उपस्थिति रहेको थियो । अदालतले यस्ता खालका कार्यक्रम गाउँमा समेत लैजाने गरेको छ ।