भारतमा दुई किशोरी सामूहिक बलात्कार

भारतमा दुई किशोरी सामूहिक बलात्कारको शिकार बनेका छन् ।
दिल्लीको अमन बिहार थानाक्षेत्रस्थित पार्कमा बसिरहेका दुई युवती बलात्कारको शिकार बनेका हुन् ।
घटनामा संलग्न भएको आरोपमा संदिग्ध चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना नाबालिक पनि छन् ।
घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीको भनाई छ ।
भारतमा बलात्कारको घटना बढ्दै गएपछि कानूनमै परिवर्तन ल्याउनुपर्ने आवाज उठे पनि सरकारले ठोस कदम चालेको छैन । दुई किशोरी बलात्कृत भएको बिरोधमा नयाँ दिल्लीमा प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा सयौं महिलाले नो रेप नामको प्लेकार्ड बोकी सरकारबिरुद्ध नारा लगाएका छन् । (एजेन्सी)