देउराली यातायात समिति अर्घाखाँचीले चाडपर्वका बेला यात्रुहरुलाई विशेष सेबा मुखी सुविधा दिने

 सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेबा मुखी ढगले सेबालाई अगाडि बढाएको जानकारी गराएको छ ।  
सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले अाफुहरुको अाठौ अधिबेसन मङसिर ३ र ४ गते सन्धिखर्कमा गर्ने समितिले निर्यण गरेको जानकारी गराउनु भयो ।  उहाले पछिल्लो समयमा दुर्घट्ना न्युनिकरण गर्नका लागि सिट क्षेमता भन्दा बढि सवारी साधनमा यात्रुहरु नबोकेको जानकारी गराउनु भयो । 
पत्रकार सम्मेलनमा उहाले देउराली यातायात व्यवसायी समितिले स्थापना देखि अहिले सम्म गरेका काम-कारबाहीको बारेमा जानकारी गराउदै चाडपर्वका बेला यात्रुहरुलाई विशेष सेबा दिने तैयारी गरेको बताउनु भयो ।  विशेष सेबा दिने भने पनि के – कस्ता सुविधा दिने केही बताइएको छैन् । 
जिल्लामा एकमात्र यातायात वसायी संस्था रहेकोले जिल्लाका साबिकका ४२ गाबिस तथा हालका पैतिस गाबिसका वार्ड वार्ड तथा सन्धिखर्क काठमाडौ सन्धिखर्क बुटबल सन्धिखर्क दाङ सन्धिखर्क पाल्पा सन्धिखर्क प्युठान लगायतका ठाउँमा सेबा दिईरहेको जानकारी गराउनु भयो । 
पत्रकार सम्मेलनमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, महासचिब प्रेम पान्डे, संस्थाका शिव अधिकारी लगायतका पदाधिकारीको उपस्थिति रहेको थियोे ।