बाबु रोका मगर
गुडगाव, सेप्टेम्बर १६ । भारतको हरियाणामा अर्घाखाँचीका एक युवकको सुतेको बेला निन्द्रामा हिड्दा घरको अग्लो छतबाट खसेर मृत्यु भएको छ ।
रोजगारीको शिलशिलामा भारतको हरियाणा गुडगाव सेक्टर- १५ स्थित काम गर्दै आएका अर्घाखाँची जिल्लाको सिद्दारा गाबिस वार्ड नम्बर ५ झविलाल परियारका छोरा २१ बर्षीय नबिन परियारको बिहीवार राति आफुले काम गर्ने घरको करिब ३० फिट अग्लो छतबाट खसेर मृत्यु भएको हो ।
राति खाना खाएर मृतक लगायत अन्य दुई जना साथीहरु भएर तीनजना संगै सुतेका थिए मृतक नबिन निन्द्रामा हिड्ने बानी रहेको उनका दाजु अनि संगै सुतेका साथीले बताए।
नबिनको मृत्युपछि त्यहाँ काम गर्ने अन्य नेपालीहरु सबै अलमलमा परेका थिए केहीबेर पछि समाजसेवी ललित जिसीलाई घटनाको खबर मिल्यो खबर मिल्ना साथ ललित जिसीले अन्य समाजसेवीहरु राजेश कोइराला, बाबु रोका, मोहन थापालाई खबर गरेपछि तुरुन्त घटनास्थलमा पुगेर हरियाणा पुलिस एस आइ प्रविन कुमार र कृष्णको उपस्थितिमा निरक्षण गरि घटना कुनै हत्या अथवा आत्मा हत्या नभएर दुर्घटना भएको पुष्टि गरिएको थियो ।
नबिनको लास लाइ पोष्टमर्टम गर्न र अन्त्यष्टी गर्न घर मालिकबाट खर्च उपलब्ध गराइएको छ ।