दसैंको लागि काठमाडौं-अर्घाखाँची अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुल्दै (काठमाडौं-बुटवल-गोरुसिङ्गे- पथरकोट सन्धिखर्कसम्म भाडादर सहित)

                                                                                                                                                गोरुसिङ्गेमा ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)  । दसैंको लागि अर्घाखाँची जादै हुनुहुन्छ ?  शुक्रबारदेखि खुल्ने अग्रिम टिकट बुकिङ गर्न जाँदैहुनुहुन्छ? तपाईलाई भाडादरको बारेमा जानकारी नभएमा कसैले ठगी गर्न पनि सक्छ।  

असोज ७ गते विहान ६ बजेदेखि राजधानीका नयाँ बसपार्क,  कलंकी, सुन्धारालगाएतका अहिले रहेका टिकट काउन्टरहरुबाट यात्रुहरुले टिकट बुकिङ गर्न पाइने छ । 
साथै भारतबाट आउनेहरुले भैरहवा- सुनौली हुँदै आउँदा बुटवलबाट तलको भाडादर अनुसार उही समय टिकट पाउने छन् । यस्तै कृष्णनगरबाट आउनेले समेत सन्धिखर्कका लागि गोरुसिङ्गेमा टिकट पाउने छन् ।   
२०७२ माघ २४ बाट कायम भएको भाडादर अहिले पनि यथावत रहेको छ।  पेट्रोल ९९ डिजेल ७५ रुपैयाँ प्रतिलिटर हुँदा उल्लेखित भाडादर कायम भएको हो। 
साथै दसैं, तिहारको बेला क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा उठाउने, यात्रुलाई मनपरी झोला, ब्यागका पैसा उठाएमा सम्बन्धित बस र चालकलाई कारबाही गरिने छ । यसको लागि ठाउँ ठाउँमा ट्राफिक प्रहरीले गस्ती गर्ने छ भने यात्रुले समेत प्रहरीलाई जानकारी गराउन सक्ने छन् ।  
अहिले पनि यथावत रहेको भाडादर: 
 
काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ७१६ रुपैयाँ कायम भएको छ । यसअघि ७३५ रुपैयाँ लिने गरेका थिए । 
 बुटवल-गोरुसिङ्गे-सन्धिखर्कसम्म ११९ किलोमिटर सडकमा २४४ रुपैयाँ लाग्ने छ । यसअघि २५० रुपैयाँ थियो । यसैगरी पथरकोट देखि सन्धिखर्कसम्म ५७ किलोमिटर सडकमा १३२ रुपैयाँ कायम छ। यसअघि १३५ रुपैयाँ लिइदै आएको थियो।  
यस्तै बुटवल-गोरुसिङ्गे- पथरकोट सम्म ६२ किलोमिटर सडकमा ११३ रुपैयाँ लाग्ने छ । यसअघि ११६  रुपैयाँ थियो ।
 
 
सन्धिखर्क स्थित बसपार्क । 

मोटरसाइकलका आबश्यक कागजाच चेकिङको क्रममा सन्धिखर्कको चुत्रावेशीमा ।