पाणिनी बहुमुखी क्याम्पस प्रमुख ज्ञान बहादुरद्वारा क्याम्पस ब्यबस्थापन गर्न सबै पक्ष एकजुट हुनु पर्ने भनाई

सुर्य भुसाल 
सन्धिख्रक, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पाणिनी बहुमुखी  क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीले जिल्ला को एकमात्र बहुमुखी क्याम्पस ब्यबस्थापन गर्न सबै पक्ष एकजुट हुनु पर्ने बताउनु भएको छ । पाणिनि बहुमुखी क्याम्पसले सन्धिखर्कमा अायोजना गरेको पत्रकार सम्मेलनमा क्षेत्रीले यस्तो कुरा बताएका हुन ।
जिल्लाको समुन्नत बिकासको मेरुदण्डको रुपमा रहेको सो क्याम्पसमा हाल मानबिकी ,तथा समाजशास्त्र ब्यबस्थापन तथा शिक्षाशास्त्र संकाय तर्फ उच्च माध्यमिक तह र स्नातक तह तथा शिक्षाशास्त्र अंकाय तर्फ स्नातकोत्तर तह सम्म्को अध्ययन हुने गर्दछ ।
क्याम्पस बिद्यार्थी शुल्कमा मात्र निर्भर ,शुल्क वृद्धिको न्यून संभाबना ,दिगो आर्थिक श्रोत परिचालनको अभाब ,क्याम्पस प्रती उत्कृष्ट विद्यार्थीको आकर्षकमा कमि ,सरोकारवालाहरुको क्याम्पस प्रतिको चासोमा कमि ,प्रत्यक्ष वा अप्रत्यक्ष राजनितीक प्रभाव ,प्रयाप्त भौतिक पुर्बाधारको अभाब परम्परागत बिषय र कार्यक्रमहरु,घटदो विद्यार्थी भर्नादर आदि चुनौतीको सामाना गरेको छ । यी सबै समस्या लाई समाधान गरि जिल्लाको शैक्षिक धरहराको रुपमा बिकास गर्न जिल्लाका सबै राजनितिक ,सामाजिक  ,शैक्षिक ,नेतृत्व ,उद्योगि व्यापारी ,कर्मचारी ,प्राध्यापक ,शिक्षक ,वकिल ,कलाकार ,पत्रकार विद्यार्थी सबै सबै क्षेत्रबाट आबश्यक सहयोग समर्थन गर्नु टड्कारो आबश्यकता देखिएको छ ।
कार्यक्रम क्याम्पस संचालक समितिका उपाध्यक्ष सागर केसीको अध्यक्षता र उप प्राध्यापक बुद्धि राम भुसालको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस संचालक समितिका पदाधिकारी, प्राध्यापक र संचारकर्मीहरुको उल्लेख उपस्थिति रहेको थियो ।
सो अबसरमा क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीले  क्याम्पसका बिषयमा प्रकाश पार्नु भएको थियो ।